टोकियो । जापन विश्वकै सुरक्षित मुलुक मध्ये एक हो । यहाँ आपराधिक गतिविधि एकदमै न्युन हुनेगर्दछ । तर यसको मतलव शुन्य आपराधिक गतिविधि भन्ने होईन । सामान्यत जापानीहरुलाई त जानकारी छ नै  तर हामी जस्ता अन्य मुलुकबाट आएका र आउनेहरुले थाह पाउनु पर्ने केहि तुलनात्मक खतरा ठाउँहरु बारे जानकारी लिऔँ । कम्तिमा त्यि ठाउँहरुमा जाँदा केहि चनाखो हुन आवश्यक छ । 

१.खाबुकिच्यो,टोकियो 

खाबुकिच्यो विश्वकै ठूलो रेडलाईट क्षेत्र हो । यहाँ हज्जारौ रेस्टुरेन्ट, क्लब,बार तथा काराओकेहरु रहेका छन् । यो संगै यो ठाउँ  विभिन्न अन्डरवल्ड/  ग्याँस्टार तथा आपारिधिक समूहहरुको अड्डा पनि हो । त्यसैले यहाँ सामान्य आपाराधिक गतिविधिहरु हुनु र प्रहरी सक्रियता देखिनु  एकदमै सामान्य कुरा हो । 

२.रोप्पोंगी, टोकियो 

रोप्पोंगी उच्च वर्गिय आवास क्षेत्र तथा कार्यलयहरु बाहुल्यता रहेको स्थान हो । साथै यो जापानको धेरै विदेशी पर्यटकहरु पुग्ने स्थान पनि हो । तर यहाँ पनि दिनभरको घुमघाम तथा सपिंगको लागि राम्रो भएता पनि रात्री जिवन भने केहि त्रासदीपुर्ण मानिन्छ  । यहाँका क्लबहरु खताराका अड्डा हुन् भनिन्छ ।  रोप्पोंगीलाई केहि वर्ष अगाडि अमेरिकी सरकारले ट्राभल वार्निङ् समेत जारी गरेको थियो भनिन्छ । 

३.सिबुया,टोकियो

सिबुया, टोकियोको  पर्यटकिय क्षेत्र हो । यहाँ किनमेल तथा खानपिन गर्नेहरुको बाक्लो भिड देखिन्छ । यहाँ पनि क्लब/बार/ मसाज / काराओके लगायतका मनोरन्जनका क्षेत्रहरु पर्याप्त छन् । तर रातीको समयमा केहि सजगता भने अप्नाउनु पर्ने बताईन्छ । 

४.उएनो,टोकियो 

टोकियो बस्नेहरुका लागि उएनो धेरै कुराहरुले आकर्षक स्थान हो । फराकिलो पार्क, विभिन्न संग्राहलय तथा चिडियाघर लगायतका घुमघाम र रमाईलो गर्ने स्थान भएकाले। धेरैले अत्याधिक रुचाउने ठाउँ हो यो । तर दिनभरको लागि राम्रो भए पनि रात्री कालिन समयमा भने यो क्षेत्र पनि खतरायुक्त मानिन्छ । कारण होमलेस हरु र विभिन्न आपराधिक समुहहरुको उपस्थिती  हो भनिन्छ । 

५.कामगासाकी,ओसाका

यो ठाउँमा होमलेस( घरबार विहिन) मानिसहरुको वसोवास छ । जो संग स्थायी ठेगान, जागिर आदि केहि पनि छैन उनिहरु त्यस स्थानमा टहरा बनाएर बसेका छन्  । त्यस क्षेत्रमा समान्य अपराधहरु बारम्बार भईरहने बताईन्छ । त्यसैले त्यहाँ यहाँ पनि रातीको समयमा सतर्क अप्नाउनुपर्ने स्थान हो भनिन्छ । 

६.नाकासु, फुकोओका 

नाकासुका मनोरञ्जनका लागि प्रख्यात ठूलो सहर हो । सुसुकिनो मूख्य पर्यटकिय आकर्षण स्थल हो । तर यहाँ पनि केहि सतर्कता अप्नाउनु पर्छ भन्दछन् । 

नोट: यि उल्लेखित सहरहरुका अलावा अन्यत्र पनि रात्रिकालिन प्रहरमा केहि सतर्क हुनुपर्ने ठाउँहरु छन् ।जहाँ तपाईका सानो लापर्वाहीले ठुलो धनराशि गुम्न पनि सक्छ ।

स्रोत: (विविध अनलाईन डाटाहरु,अनभवीहरुको भनाई/प्रत्यक्ष अध्यायन) तस्बिर : गुगल

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार