मान्छेहरु चर्चामा आउँनको लागी अनेक गर्ने गर्दछन् । कलाकारिता क्षेत्रमा यसको सबैभन्दा ठुलो असर देखिएको छ ।

कला क्षेत्रमा सबैभन्दा ठुलो उद्योग मानिएको बलिउडमा स्थिापत हुनको लागि त्यति सहज भने पट्टक्कैं छैन् । त्यसैंले बलिउडमा कलाकारहरुले चर्चामा आउँनको नयाँ र अनौठो फेसनको प्रयोग गर्ने गर्दछन् ।

त्यस्तै बलिउड अभिनेत्री अदा शर्मा पनि फिल्मभन्दा बढी आफ्नो बोल्ड लुकमा देखिदा निकै चर्चामा आइरहेकी छिन् ।

अभिनेत्रि शर्मा हालै मुम्बइमा आयोजित फेमिना ब्युटी अवार्डमा नयाँ लुकमा देखा परेकी छिन् । उनको हट लुक देखेर धेरैजसो व्यक्तिहरु अच्चममा परेका छन् । कार्यक्रममा अदाले न्यूजपेपर थिम ड्रेस लगाएकी थिइन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार