टोकियो ।जापान संसारकै सबैभन्दा बढी व्यस्थ सहर मानिन्छ । यहाँका मानिसहरु केवल अनि काम भन्दा बढी अरुकेहि सोच्दैनन् भन्नेहरु धेरै छन् । तर वास्तवमा त्यो सत्य होईन । उनिहरु पनि हामी जस्तै रमाईलो/जमघट/ चाडपर्व/ घुमघाम सबै कुरा गर्न भ्याउँछन् ।  किनकि जापानीहरु व्यस्थ छन /रहन्छन् तर समयको व्यवस्थापनमा अत्यन्तै सिपालु छन् । सायद जापान आउने धेरैले याद गर्ने कुरा हो, कि जापानमा व्यस्थता र उच्चतम प्रविधिको उपलब्धताको बिचमा पनि प्रकृती प्रेमीहरुको कुनै कमि छैन । अझ पुष्प प्रेम त गज्जब लाग्दछ । राम्रो होस् या नराम्रो नयाँ होस् या पुरानो हरेक घरमा गमलामा फूल सजिएको देख्न सकिन्छ ( विदेशीहरु भाडामा वस्ने घरहरुमा बाहेक )। आउनुहोस् यो पंक्तिकारले २ वर्षअघि टोकियोको किताकु, कोमागोमे भन्ने ठाउँमा खिचेको यि तस्बिरहरु हेरौँ । के यो उल्लेख गर्न लायक छैन र ?

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार