रबिन्द्र दाइको दुर्घटना होइन सुनियोजित ढंगले गराइको घटना हुन सक्छ । यो दुर्घटना नहुन सक्छ। मलाई किन किन मनले त्यहि भन्छ । कारण हरु यी यी हुन सक्छन ।
1. लुम्बिनीमा अन्तराष्ट्रिय बिमानस्थल बनाएकोले गर्दा इण्डियाको उत्तर प्रदेश र बिहारका हवाइ सफार हरूलाई इण्डियाको अन्तराष्ट्रिय बिमानस्थल भन्दा नेपालको लुम्बिनी बिमानस्थल प्रयोग ग्रन सहज हुने हुँदा इण्डियाको राजस्व खस्किने भएकोले इण्डियालाई यो कुरा पहिल्यै देखि नै मन परेको थिएन।
इण्डियाको चलखेल ले काम रोकिरहेको थियो । कतै यसमा इण्डियाको हात त होइन भन्ने लाग्छ।
2. वाइडबडी खरीदमा रबिन्द्रले आफ्नो सफाई दिँदै गर्दा रबिन्द्र निर्दोष देखिदै आएकोले यसका सच्चा दोषिहरू आफू त्यो काण्डमा फँसिने डरले रबिन्द्रको अस्तित्व मेटाउन भित्री खेल खेलेको हुन सक्ने ।
3. नेपालको विकाशको तिब्रता र चाइना सँग को बिबिध सम्झौताहरुमा रबिन्द्रको ठूलो हात भएकोले गर्दा इण्डियाले नेपाल माथि आफ्नो रबाफ मच्चाउन नसक्ने देखि अत्तालिएर रबिन्द्र माथि इण्डियाले गिद्दे नजर लगाएको हुन सक्ने ।
4. हवाई माफियाहरूको षडयन्त्र मुलक ग्राइण्ड डिजाइन हुन सक्ने । नेपालको हवाई मार्ग असुरक्षित देखाउने अर्को एउटा चलखेल हुन सक्ने ।
5. बिपरित पार्टी, आफ्नै पार्टी र सरकार भित्रकै केहि दक्षीणपन्थी दलालहरू (विपरित गुटहरू) को षडयन्त्र हुन सक्ने ।
6. दाश ढुङ्गा जस्तै अर्को एउटा षडयन्त्रकारी डिजाइन हुन सक्ने । तत्कालिन सरकार प्रतिपक्षको भएपनि त्यसपछि नेपालमा कम्युनिष्ट सरकार पटक पटक हुँदा किन दाष ढूङ्गा घटनालाई अहिलेसम्म छान बिन गरेको छैन ?? नेपालको घटिया राजनिती बुझि नस्क्नु छ । यी कुराहरूले गर्दा रबिन्द्र घटना छानबिन पनि यसरी नै बिलाउन सक्छ भन्ने लाग्छ ।
7. दरबार हत्याकाण्डलाई ग्राइण्ड डिजाइन हो भन्नेले मर्नेबेला सम्म किन चुप लागेर बसे ?? बुझि नसक्नु को राजनिती र धम्की अनि गुण्डागर्दी । यो घटनामा पनि धम्कीले साक्षीहरू तै चुप मै चुप भएका नि हुन सक्छन ।
घटनास्थलका संकास्पद दृश्यहरू
1. हेलिकप्टर राखिएको ठाउँमा किन सुरक्षाकर्मिले हेलिकप्टरको निगरानी गरी बसेनन ? त्यही बेलामा टाइम बम राखिएको पनि हुन सक्ने ।
2. योङ्ग र अबिबाहित पाइलटलाई हेलिकप्टरको पाइलट किन छानियो ? जबकि उनले चलाउने गरेको हेलिकप्टर त्यो थिएन ।
3. देशको माननिय मन्त्रीजस्तो ब्यक्ती सरकारी कामले जाँदा सामान्य ब्यापारीको प्राइबेट हेलिकप्टरमा किन चढाइयो ? के सरकारी हेलिकप्टर थिएन र ??
4. सुरक्षाकर्मीले बोकेको हतियार (राइफल) किन घटनास्थलमा भेटिएको छैन ??
5. बिमानस्थलको फिल्ड अबजरभेसनको लागि बिशेषज्ञ टिमलाई पठाउनु पर्नेमा टेक्निकल कुरामा अनभिज्ञ मन्त्री ज्युलाई किन पठाइयो ? के मन्त्रीज्यू लगायत टिम मेम्बर एयरपोर्टको लागि भौगोलिक स्थान अवलोकनमा बिशेषज्ञ थिए ? किन बिशेषज्ञहरू १ जना पनि सामेल गराइएन ??
6. टिमले खाएको खानामा केहि लागु औषध मिसिएको थियो कि भनी के चेक गरियो ??
7. अनुसन्धान टिमले केहि न केही रिपोर्ट त ल्यायो होला खै अहिले सम्म सार्बजनिक गरिएको ??
8. के हेरेर बसेको छ नेपालको गुप्तचर संस्था ?? किन चुप छ राष्ट्रिय अनुसन्धान शाखा ?
9. राजनिति नेतानै जानु पर्ने भएको भए योगेश भट्टराई आफ्नै क्षेत्रमा किन गएनन ?? कि योगेश भट्टराईले सो दिन आगामि पर्यटन मन्त्रीको आशिष माग्न मन्दिर तिर पो धाएका थिए कि ??
राजन पौडेल
टोकियो, जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




