टोकियो । वसन्त ऋतु सबैको प्रिय ऋतु ! त्यसमा पनि प्रकृतिप्रेमीहरुको लागि त उत्सव नै बनिदिन्छ । जापान भौतिक  र प्रविधिको  समृद्दीको चरम उत्कर्षमा पुगेको मुलुक भएर पनि यहाँका भौतिक विकास र प्राकृतिक वातावरण विचको सन्तुलन सायद, संसारका अन्य मुलुकहरुमा विरलै पाईन्छ । जापानमा यतिखेर साकुरा ( चेरी ) फुल्ने समय ! यहि समयमा हाम्रो मुलुकमा लालिगुराँस फुल्दछ डाँडै रातै भएर । तर यहाँ साकुरा उत्सव बनिदिन्छ भने हामी कहाँ वेवास्थामै फुलि वेवास्था मै ओईलाउँछन् । कारण लालिगुराँस केवल जंगलमा फुल्दछन् । त्यहाँसम्म पुग्न कठिन छ । तर यहाँ साकुरा हरेक पार्क, बाटो किनारमा रोपिएको छ, जस्लाई सजिलै देख्न सकिन्छ । म हरेक वर्ष साकुरा खिच्दै गर्दा मेरो देशको लालिगुराँसको सम्झनामा हराईरहेको हुन्छु । हामीले पनि लालिगुँरासलाई यसैगरी महत्वका साथ घर,बगैँचा, बाटो किनार र ठुला -ठुला पार्कहरुमा प्राथमिकताका साथ रोप्ने हो भने सायद, आज म जसरी साकुरा चर्चा गरिरहेको छु त्यो भन्दा धेरै लालिगुराँसको चर्चा गर्नेहरु भेटिने थिए होला । तस्बिर : राजन गौतम् ( सम्पादक-  नेपालन्युजपोस्टडटकम)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार