काठमाडौं, २५ चैत । ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शैयामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ ।

डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन हुनेमा ढुक्क थिइन् । भोकै बसिन् । तर डाक्टर आएनन् ।
‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेको बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृश्य देखिन्थ्यो ।

उपचार पाउन नसकेको भन्दै वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष बिरामीहरु गुनासो गरिरहेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार