काठमाडौं, २९ चैत । विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ ।

तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ । नेपालको राजधानी सहर काठमाडौँ बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ ।

बेलुकाको साढे ७ नबज्दै उपत्यकाका सार्वजनिक बस मात्रै होइनन्, अन्य व्यवसायिक केन्द्र पनि ठप्प जस्तै हुन्छन् । ठमेल र दरबारमार्गलाई अपबाद छाडेर अन्य ठाउँ ठप्पजस्तै हुन्छ । जसले गर्दा काठमाडौं सहरमा बेलुकाको साढे ७ बजेपछि सार्वजनिक यातायात समेत गुड्दैनन् ।

जसको कारणले सर्वसाधारण सहज ढंगले यात्रा गर्न समेत पाउँदैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार