काठमाडौं, २६ बैशाख । आजको तपाईको भाग्य

मेषः दिन राम्रो छ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ ।
वृषः दिन उत्तम छ । आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । मुख्य काम गरिनेछ ।

मिथुनः दिन भाग्यवर्धक छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।

कर्कटः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । महत्वपूर्ण काम हुन कठिन छ ।

सिंहः दिन उत्तम छ । आय आर्जन बढ्नेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कन्याः दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काम सफलतापूर्वक बन्नेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ ।

तुला:: दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दानपुण्यले मन प्रसन्न रहनेछ ।

वृश्चिक: दिन प्रतिकूल छ । व्यवहारिक समस्याले सताउनसक्छ । मन खिन्न हुनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

धनु : दिन अत्युत्तम छ । व्यवसायिक क्षेत्रमा उन्नति हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ ।

मकर : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । आटेको काम बन्नेछ ।

कुम्भ : दिन सार्थक छ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । चिन्ता कम हुनेछ । शरीर पनि स्वस्थ रहनेछ ।

मीनः दिन प्रतिकूल छ । मनमा दुविधाले जरा गाड्न सक्नेछ । हरेक कामप्रति सचेत रहनु पर्ने देखिन्छ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार