टोकियो । जिन्दगीमा कहिलै बुढो भईयो, अव के स्टाईल पार्नु, के राम्रो फेसन गर्नु जस्ता नैराश्ताहरु आउने गरेका छन् ? त्यसो हो भने एक पटक जापानीहरुको जिवन शैलिलाई नियाल्नुहोस् जो, ८०/९० वर्षमा पनि युवा अवस्था जस्तै व्यवहार गर्दछन् ।

आज तपाईलाई, एक ८४ वर्षिय जापानी हजुरबाको केहि कथा केहि तस्बिरहरु देखाउँछु है त । जापानको आकिता प्रिफेक्चरका एक पूर्व शिक्षक (जो हाल ८५ वर्षको भए,) उनि अहिले सामाजिक संजालमा हटकेक बनेका छन् । रिटायर्ड जिवन विताईरहेका सामाजिक संजालमा @SLVR.TETSUYA नामले परिचित हजुरबा, उनले सामाजिक संजाल ईन्स्टाग्राममा पब्लिस गर्ने तस्बिर र त्यि तस्बिरमा समाविष्ट उनको हावभव तथा ड्रेसअपका कारण यतिखेर दिनप्रतिदिन चर्चामा छन् । सिल्भक तेचुया नामले संजालमा छाईरहेका यि वृद्दले धरैलाई बाँच्ने नयाँ शालि सिकाईदिएका छन् ।
उनले लगाउने यि सम्पुर्ण कपडाहरु उनको नाती को हो । यसरी उमेरले नेटो काटेपनि मन र फेसनल् तन्नेरी बनेका तेचुयाका अहिले ईन्स्टाग्राममा ३४ हजार फ्लोअर्स पुगिसकेका छन् ।
हेर्नुहोस् उनका तस्बिरहरु

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार