टोकियो । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको लागि आवेदन खुल्ला भएकोमा नागोयामा आयोजना भएको नेपाल फेस्टिवल मा उपस्थित बिधार्थीहरुको अनुरोध लाई मध्यनजर गर्दै जुलाई १ तारिक सम्मको लागि आवेदन दिने समय थप गरिएको छ।
जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ । जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ , तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनअध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छुनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको हो ।
छात्रवृत्तीका लागि उल्लेखित मापदण्डहरु जानकारीको लागि अनुरोध गरिएको छ।
A. यो छात्रवृति को जम्मा अबधि २ बर्ष को हुनेछ। २ वर्ष पछि फेरी अर्को २ बर्ष को लागि आबेदन गर्न सकिन्छ।
B. यो छात्रवृति पाउन को लागि आँफु पढेको बिद्यालय/कलेज बाट सिफारिस लिनु पर्ने हुन्छ।
※सिफारिस को फारम IHNO को बाट उपलब्ध हुनेछ।
※बिद्यालय/कलेज परिवर्तन भएको बेला नया बिद्यालय या कलेज बाट सिफारिस लिनु पर्नेछ।
C. हप्ता मा २८ घण्टा को आरुबाइतो को नियम पालना गरेको हुनु पर्नेछ।
बिदा को बेलामा हप्ता मा ४० घण्टा सम्म गर्न मिल्ने , तर दिन को काम गर्ने घण्टा ८ घण्टा भन्दा बढी हुन हुँदैन।
D. प्रतेक महिना IHNO बाट दिइएको मिति सम्म मा काम को विवरण इमेल मार्फत पठाउनु पर्नेछ।
चाहिने डकुमेन्ट।
१. IHNO आबेदन फारम (बिद्यालय ले सिफारिस गर्ने फारम सहित २ पेज )
२. बैंक को खाता नम्बर र खाता को नाम बुझिने पासबुक को कपि
३. हस्त लिखित जापानी भाषा मा निबन्ध। (पढाई को लागि किन जापान रोज्नु भयो ?) जापानी भाषा बिद्यालय को बिधार्थी ४०० शब्द , अरु ले ८०० शब्द।
(IHNO ले उपलब्ध गराउने पेपर मा लेख्ने )
४. रेसिडेन्ट कार्ड को फोटो कपि।
५. आँफु पढ्ने बिद्यालय को स्युसेकी सेइसेकि प्रमाण पत्र।
६. अन्य जापान मा प्राप्त गर्नु भएका सर्टिफिकेट (JLPT) जस्ता प्रमाण पत्र।
नोट:-
१.
NRNA जापान को सिफारिश मा पाइने यो छात्रवृति को आबेदन को लागि NRNA,जापान को सदस्यता लिनु अनिबार्य छ। सदस्यता नलिएको बिद्यार्थीहरुले NRNA , जापान को सदस्यता लिएर मात्रै आबेदन दिनुहोला।
२.अन्तिम मिति २०१९ जुलाई १ तारिक भित्र फारम भरि आवेदन गरिसक्नु पर्ने छ।
३.
तपसिल ठेगनामा कागजपत्र पठाउनु होला।
〒100-0014
東京都千代田区永田町2-17-17アイオス永田町505
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




