लेखको सुरुवातमा केहि दृष्यहरु बताउन चाहन्छु ।
१)केही महिना अगाडि उपचार खर्च जुटाउन नसकेर दाेलखाका एक युवाले टिचिङ हस्पिटलकाे तीन तलामाथि बाट हाम फालेर अात्महत्या गरे।
२)जनयुद्धताका दाेहाेराे भिडन्तकाे बेला घुडाँमा गाेलि लागेर घुडाँ चलाउनै नहुने भएपछि धादिङका एक ६५ वर्षे वृद्ध सुन्धारा चाेकतिर शरिर घिस्रिदै सहयाेग माग्दै हिडिरहेका हुन्छन्।
३)महाभुकम्पले जायाजेथा परिवार सब लुटेपछि बचेकाे एउटा सानि छाेरिलाई पिठाे खुवाउन नसकेर सिन्धुपाल्चाेककि एक अामा मानसिक सन्तुलन गुमाएकाे अवस्थामा सामाखुशिकाे गल्लितिर भेटिन्छिन्।
४) खाना नपाएकै कारण दैलेखकी एक सुत्केरीले अाधा केजीको कुपाेषण युक्त बच्चा जन्माउछिन् ।
५) गरिविका चपेटामा परेर काभ्रेका एक गाउँ सिंगाेले अाफ्नै शरीर चिरेर मृगाैला बेच्छन्।
६) दलालले ईराक सिरिया र अाेमान जस्ता देशमा वेचिएकि चेलिहरुले दिनदिनै राष्ट्रिय टेलिभिजनमा रवि लामिछानेलाई फाेन गरेर उद्धार गरिदिनु भनेर गुहार माग्छ।
७) ऋण गरेर पढ्न पुगेका एक नजवान युवाले घरपरिवारकाे सम्झना, परदेशि जिवनकाे तनाव नियन्त्रण गर्न नसक्दा जापनकाे टाेईलेटमा झुण्डेर अात्महत्या गर्छ।
८)घरपरिवारकाे हातमुख जाेड्न कै निमित्त पसिना चुहाउन काेरिया पुगेका जवानहरु ठुला ठुला मेसिनकाे फलामे चेनले पेलेर मरिरहेका छन्।
गत हप्ता मात्र १० दिनकाे अन्तरमा दक्षिण काेरियामा ५ जना नेपालिकाे मृत्यु भयाे।२ जना अात्महत्या, २ जना कम्पनि दुर्घटना, १ जना सुतेकै अवस्थामा मृत फेला परे।।यस्काे कारण काे हाै? र के हाे? भन्ने कहिल्यै बुझ्ने काेशिस गरेका छाै नेता ज्युहरु??यिनिहरुकाे परिवारकाे अाँशु पीडा र परदेशि भुमिमा गएकाे सासकाे पिडा कस्ताे हाेला महसुस गरेका छाै नेता ज्यू??
नेपाल औषधी लिमिटेड, ट्रली वस सेवा, जनकपुर रेल्वे सेवा, नेपाल रोप वे सेवा, ट्रक तथा कन्टेनर सेवा, बुटवल धागो कारखाना लिमिटेड, विराटनगर जुट मिल्स लिमिटेड, जनकपुर चुरोट कारखाना लिमिटेड स्वदेशी, गोरखकाली टायर उद्योग हिमाल सिमेन्ट उद्योग लिमिटेड, हेटौडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेण्ट उद्योग लिमिटेड, भक्तपुर इटा तथा टायल उद्योग प्रा.लि, हरिसिद्धि इटा तथा टायल उद्योग प्रा.लि, कृषि औजार उद्योग, नेपाल मेटल उद्योग..अादि
देशका उधाेग बेचि खाने तिमिहरु हैनाै नेता ज्यु।अाज यी उधाेगहरु देशमा संचालित भएकाे भए। युवाले देशमै राेजगार पाएकाे भए।
नेपाली चेलिहरुले इराक र कुवेतमा बेचिनु पर्ने थिएन।नेपाली छाेराहरुले काेरियाकाे मेसिनमा च्यापेर मर्नु पर्ने थिएन।जापनकाे टाेईलेटमा झुण्डेर मर्नु पर्ने थिएन।।केही सम्झना र महसुस गर्न सक्छाै नेता ज्यु।निकै नाजुक माेडमा छ देश, सहनु र सामना गर्नुकाे पनि सिमाना नाघ्न लागेकाे छ।तर कस्ताे अचम्म छ भने,राष्ट्र सेवक पुलिसलाई एम्बुलेन्सबाट थुतेर लखेटि लखेटि खेतकाे अालिमा लगेर भाला राेपि राेपि मार्ने अपराधिलाई सम्मान गर्छ याे देशमा??
राष्ट्र अवश्य बन्छ,अाविस्कार केन्द्र खाेलाै भन्ने महाविर पुनले अाफुले जिवनमा कमाएकाे पदक लिलामि गर्दासम्म सरकारबाट सकारात्मक तरिकाले दुई पैसा सहयाेग गर्न तयार हुदैन ,
तर तिनै अपराधि रेशम चाैधरिहरुलाई कराेडाै रकम किन दिन्छ याे सरकार???
क्या सरमलाग्दाे व्यवस्था छ ! लज्जाकाे पनि हद हुन्छ। तर यहाँ सब कुरा हद नाघेर भईरहेकाे छ।
यस्ताे देशमा कस्ताे भविष्यकाे चित्र काेर्ने हामिले??गाँउघरका कति विरामिहरुले एम्बुलेन्स नपाउदा याे धर्ति छाेडेर जानुपरिरहेकाे छ।
नेता ज्यु हरुलाई बानेश्वरबाट सिंहदरवार अाउदा एसि भएकाे गाडिमा अगाडि पछाडि साईरन बजाएर हिड्नु पर्छ।अाज देश एसियाकै दाेस्राे गरिव हुदाँ दक्षिण एसियाकै टप जिवनशैलिमा बाँच्छन् याे देशका नेता ज्युहरु,बाँसकाे डण्डिमा डाेरि बाँधेर पाल टाँङ्गेर बस्न बाध्य छन् भुकम्पपिडि जनताहरु, २० अाै कराेडकाे महलमा चैनका निन्द्रा सुत्छन् याे देशका नेताहरु।गरिव निमुखाकाे अधिकारकाे लागि लड्दा लड्दै धनी बनेका छन् याे देशका नेता ज्यु हरु ।गरिव जनताकाे पसिना चुसेर, नेपाल अामाकाे भविष्यमाथि खेलवाड गरिरहेका छन्।
विज्ञान,धर्म र ईतिहास सबैले भन्छ,कुकर्म,कुभलाे, कुविचार गर्नेले एक न एक दिन अवश्य सजाय भाेग्नै पर्छ,अघि र पछिकाे कुरा मात्र हाे।एक न एक दिन अवश्य पाप धुरिबाट कराउछ नेता ज्यूहरु हाेसियार….!!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




