काठमाडौं, साउन ६ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।

भंगहा नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएको १२ वर्षीय छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो ।रोजगारीको प्रलोभन देखाइ आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौनसम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाको आरोप छ । – नागरिक दैनिकबाट

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार