धेरै समय देखि आफ्नो अध्ययन को क्रममा भूमिगत भएको कारण आजभोलि धेरै साथीहरु सँगको भेटघाट निकै पातलो भएको छ। कहिले काँही फोन मा कुरा हुन्छ। तर आज बिहान मेरो फोन कल मा तीनओटा मिस कल देखायो खोलेर हेरे नचिनेको नम्बर रहेछ।
म खासै नचिनेको नम्बर मा कल ब्याक गर्दैन।चौथो पटक फेरी त्यही नम्बर बाट फोन आयो उठाए। एकजना विद्यार्थी भाई रहेछन।मेरो कुनै साथीबाट नम्बर पाएर तपाईंलाई फोन गरेको भन्दै थिए।
भाई को समस्या २०२०मार्च बाट स्कुल सकिने भएको ले कामको खोजीमा रहेछन। मैले के सहयोग गर्न सक्छु भाई भनेर सोधे!
दाई स्कुल सकिन लाग्यो , अब काम खोजेर भिसा चेन्ज गर्नु पर्यो! दाईले केही आइडिया दिनुहोस न भने।
भाई लाई महिले सबै भन्दा पहिला आफ्नो स्कूलको रोजगार सपोर्ट सेन्टर मा सम्पर्क गर्न भने , धेरै जस्तो स्कूल मा यस्तो सेन्टर हुन्छ र त्यसले आफ्ना विद्यार्थी हरुको स्कूल सके पछि रोजगार खोज्न को लागि सपोर्ट गर्ने गर्दछ।
भाइले दाई हाम्रो स्कुल ले त केही सपोर्ट गर्दैन भने! अनि महिले भाई लाई त्यसो हो भने जापान मा माई नावि, रीकु नावी तथा अन्य रोजगार काउन्सिलिङ गर्ने संस्थाहरु मा अनलाइन बाट नाम दर्ता गरी कम्पनी हरु खोज्ने तरिकाको बारेमा बताए।
भाइले यो तरिका अलि गार्हो माने! दाई भाषा अलि कमजोर छ भने। भाई धेरै चिन्ता गर्नु पर्दैन, एकदिन फुर्सद मिलाए भेट , म तिमीलाई अनलाइन रजिष्ट्रेशन गर्ने अनि बायोडाटा बनाउने तरिका सिकाइ दिन्छु नि त भने!
भाई यसमा अलि अरूचिकर देखिए, अनि महिले यदि यो तरिका अलि अप्ठ्यारो लाग्छ भने, तिम्रो सिटी नजिक को हेल्लो वर्क मा जाउ, त्या विदेशी लाई पढाइ पछि काम खोज्नको लागि सपोर्ट सेन्टर हुन्छ, त्यसरी पनि काम खोज्न सकिन्छ भनेर मैले जानेका र बुझेका सबै आइडिया हरुको बेलीबिस्तार लगाए।
भाई यी सबै कुरा हरुमा खासै रुचि नभएको जस्तो लाग्यो। अनि मैले सोधें, यी मध्ये कुन तरिकाले अगाडि जान्छौ अब भनेर?
दाई यी सबै तरिका त मलाई थाहा थियो, म त दाईले बंगाली, श्रीलंकन अथवा कुनै ओकील को नम्बर दिनु हुन्छकी भनेर हजुरलाई फोन गरेको!पैसा दियो भिसा निकाल्यो, यति धेरै मिहिनेत किन गर्नु पर्यो!
यो उत्तर सुने पछि , मेरो अरु भन्नु र सिकाउनु केही बाँकी रहेन। वेस्ट अफ लक, 頑張って下さい भनेर फोन काटिदिए …
( लेखक,१ दशक बढि समयदेखि जापानमा हुनुहुन्छ, हाल स्वास्थ्य पर्यटन विषयमा विद्यावारिधी सोध गरिरहनुभएको छ )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




