टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

यहि, सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा वितरण गरिने भएको छ ।नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङका अनुसार, उक्त प्रतियोगिताको टिम दर्ताको अन्तिम मिति सेप्टेम्बर १७ को मध्यान्ह १२ बजेसम्म निर्धारण गरिएको छ ।

प्रतियोगिताको टाईसीट सेप्टेम्बर १७ मा गोला प्रथाद्धारा प्रकाशन गरिने खेल संयोजक बिशाल केसीले जानकारी दिए  ।भलिवल संघ जापान शाखाद्वारा दोस्रो पटक मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिताको सेप्टेम्बर १७ को साँझ पत्रकार सम्मेलन  गरेर सम्पूर्ण जानकारी दिने जनाएको छ ।

प्रतियोगितामा, प्रथम हुने टिमको लागि   तीन लाख दश हज़ार येन नगद पदक र प्रमाणपत्र, दितिय हुने टिमको लागि दुई लाख दश हजार  येन नगद पदक र प्रमाण पत्र का साथै उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई बिभिन्न विधामा पुरस्कृत गरिने जनाईएको छ ।

प्रतियोगिता सफल बनाउनको लागि खेलाडी, खेलप्रेमी,जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजकका तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोगका लागि  अनुरोध समेत गरिएको छ ।

टिम दर्ता वा केहि आवश्यक परेमा   यि व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ । भिक्टर  ठारा मगर 09091087590,बिशाल केसी,08066697850,महेन्द्र केसी,08033271981,लोकेश खत्री 08030987775,नबिन गुरूङ 08096893209

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार