काठमाडौँ ।  दक्षिण कोरियाको एनआरएनएमा नयाँ नेतृत्व चयन भएको छ ।

अध्यक्ष पदका लागि ३ जनाबीच प्रतिस्पर्धा भएकोमा दुई प्रतिपर्धीलाई पछाडी पार्दै अध्यक्ष पदमा यज्ञराज सुवेदी विजयी हुनुभएको छ । सुवेदीले अध्यक्षका प्रत्यासी विपिन गुरुङ र बुद्धि गुरुङलाई पछि पार्दै जित हासिल गर्नुभएको हो ।

तीन दशकदेखि कोरियामा बस्दै आएउनुभएका सुवेदीले मजदुर पक्षीय नीति बनाउनका लागि नेतृत्वमा रहेर भूमिका खेल्ने बताउनुभएको छ । सुवेदी ७ सय ९४ मत ल्याएर विजयी हुनुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा दीपक पुन विजयी हुनभएको छ भने उपाध्यक्षत्रयमा सञ्जिव राई, सोम तामाङ र यदु लामिछाने विजयी हुनुभएको छ । महासचिवमा विमल सुवेदी र युवा संयोजकमा अरुण श्रेष्ठ विजयी हुनुभएको बताइएको छ ।

यस्तै सचिवमा मनोज गौतम र राजकुमार स्याङतान, कोषाध्यक्षमा चन्द्र राना, सहकोषाध्यक्षमा सन्तोष खड्का विजयी हुनुभएको छ भने महिला संयोजकमा शुभद्रा पालुङ्वा यसअघिनै निर्विरोध चयन हुनुभएको थियो ।

अधिवेसनमा सहभागी हुन गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मध्यपूर्व एसिया संयोजक आर के शर्मा कोरिया पुग्नुभएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार