काठमाडौं । आजबाट काठमाडौंबाहेकका सबै मुख्य शहरहरुमा औपचारिक रुपमा फोरजी सेवा सुरुआत हुँदैछ । अहिले टेलिमकले ती शहरीमा परीक्षणका रुपमा फोरजी सेवा एक्टिभ गरिसकेको छ ।
नेपाल टेलिकमका अनुसार ३२ जिल्लाका मुख्य महानगर र नगरपालिकाहरुमा फोरजी सेवा विस्तार हुदैछ । टेलिकमले काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा उपलब्ध गराउँदै आएको थियो ।
फोरजी सेवा देश भर विस्तार गर्न भएको ढिलाइले टेलिकमका ग्राहक सेवाबाट बञ्चित हुने अवस्था अन्त्य हुनेछ टेलिकमले विश्वस लिएको छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।
ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिमभए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।
ग्राहकले नजिकैको टेलिकमको ग्राहक सेवा केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । नयाँ सिमलाई शल्क लागने छैन । पहिलोपटक फोरजी नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।
के हो फोरजी ?
फोरजीे ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात् चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो, जुन मोबाइल इन्टरनेट प्रविधिमा स्थापित भइसकेको छ । विभिन्न देशमा टेलिकमहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टीभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।
फोरजी सेवा सुरु लिनु भनेको मोबाइलमै तीव्र गतिको इन्टरनेट पाउनु हो । जसले गर्दा मोबाइलबाटै बिना बफरिङ टाइम भिडियो र विभिन्न अनलाइन कन्टेन्ट हेर्न सकिन्छ ।
ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सकिन्छ । इन्टरनेट स्पिडका कारण फेसबुक म्यासेन्जर, भाइवर, स्काइपजस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुँदैन । फोरजीको शुल्क थ्रीजीको केही भन्दा महँगो पर्न जान्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




