टोकियो । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा मालिका समाज बाग्लुङ जापानले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्ने भएको छ ।

शुभकामना आदानप्रदान सँगै बाग्लुङको मालिकाबाट जापान भ्रमणमा रहनुभएका आधा दर्जन बढी अभिवावकहरुसँग भेटघाट तथा सम्मानको कार्यक्रम पनि राखिएको जनाईएको छ । कार्यक्रम अक्टोबर ६ तारिख टोकियोको सुइदोबाशी स्थित आजिवाई टोकियोमा रातको १० बजेबाट हुने सामाजका सचिन बिष्णु सापकोटाले जानकारी दिनुभयो ।

हरेक नयाँवर्ष तथा  हरितालिका तीजको अवसरमा कार्यक्रम गर्दै आएको समाजले पहिलोपटक शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको जनाईएको छ ।
कार्यक्रमा सहभागी भै नेपालीको मौलिक संस्कृतीको महत्वको बारेमा छलफल गर्दै संरक्षणमा सहयोग पुर्याउनको लागि जापाबाशी नेपाली सबैलाई अनुरोध गरिएको छ ।

मालिका समाज जापान जापानभित्र रहेका हरेक नेपालीको सुख दु:खको सारथी बन्दै सहयोगिको भूमिका निर्वाहा गर्दै सबैसँग हातेमालो गर्दै आएको र नेपालमा पनि सोही अनुरुप हरेक प्रकारका बिपदमा आफुलाई संबेदनशिल रूपमा प्रस्तुत गर्दै सहयोगिको भूमिका निर्वाह गर्दै आएको एक बिसुद्ध सामाजिक सँस्था हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार