काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीहरुसँग प्रधानमन्त्री केपी ओलीले परामर्श गरेका छन् ।
सहभागीहरुलाई नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण र नेपाल सरकारको तयारीबारे जानकारी दिँदै थप सुझावका लागि आग्रह गरेका थिए ।
त्यसक्रममा मन्त्री ज्ञवालीले रेल, सडक यातायात, उर्जामा लगानी र व्यापार घाटा लगायतका विषयहरु अघि सार्ने जानकारी गराएका थिए ।
परामर्शमा सहभागीमध्येका नेकपाका नेता समेत रहेका भीम रावलले सहभागीहरु सवैले सीको नेपाल भ्रमण आपसी विश्वास, सद्भाव, मित्रता तथा राष्ट्रहितका पक्षमा उपयोग गर्नसक्नुपर्ने सुझाव दिएका थिए ।
‘प्रायः सबैको सुझाव उस्तै थियो । आपसी विस्वास, सद्भाव र मित्रतालाई मजवुत बनाउनुपर्छ भन्ने नै रह्यो,’ छलफलपछि नेता रावलले रातोपाटीसँग भने, ‘नेपालको राष्ट्रिय हित र पञ्चशीलका आधारमा अघि बढेको परराष्ट्र नीतिलाई नै जोड दिनुपर्छ भन्ने भनाई रह्यो ।’
सहभागीहरुको सुझाव सुनेपछि प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग विगतमा भएका सहमतिहरुलाई कार्यान्वयनमा लैजाने विषयमा पहल हुने जवाफ दिएका थिए । ‘नीतिगत रुपमा विगतमा भएका सहमतिहरु रोकिएका छन् तिनमा कुरा उठ्छ,’ प्रधानमन्त्रीको भनाई उछृत गर्दै एक सहभागीले भने, ‘नेपालको संविधानको भावनाअनुसार नै हामी अगाडी बढ्छौँ । यसमा आपसी विश्वास जित्ने प्रयत्न हुनेछ ।’

वीआरआई र इण्डोप्यासिफिकको चर्चा
बालुवाटारमा भएको उक्त छलफलका क्रममा सहभागीहरुले चीनले अघि सारेको वीआरआई परियोजना र अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक रणनीतिका बारेमा समेत चर्चा गरेका थिए । उनीहरुले ती विषयमा नेपालको परराष्ट्र नीति र पञ्चशील नीतिलाई मुख्य आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । त्यस क्रममा उनीहरुले विभिन्न संगठनका नाममा हुने सैन्य गतिविधि लगायतका विषयमा समेत ध्यान दिन आग्रह गरेका थिए ।
काँग्रेसका तर्फबाट सहभागी केही नेताहरुले भने नेपालले ऋण लिएर रेल चलाउनु आवश्यक नभएको भन्दै अनुदानमार्फत रेल सेवा विस्तार गर्न सकेमात्र नेपालको हितमा हुने तर्क गरेका थिए ।
बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले भने, ‘चीनले अनुदानमा रेल ल्याइदिन्छ भने मात्र ल्याउनुपर्छ । ऋणमा ल्याउने कुरा हामीलाई मान्य छैन भनेर हामीले कुरा राखेका छौँ ।’ उनले रेलको कुरा गर्दा त्रिदेशीय (चीन–नेपाल–भारत) रेल सञ्जालमा जानुपर्नेमा सुझाव दिएको बताए ।
छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रकासशरण महत लगायतका नेताहरु सहभागी थिए ।
प्रधानमन्त्रीसँगको बालुवटारमा भएको परामर्शपछि संघीय समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराइले मुख्यतः चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिनुपर्ने, तीनवटैसँग समानान्तर सम्बन्ध राख्नुपर्ने, गतिशील शान्तिवाद र तटस्थताको नीति लिदै वीआरआई र आइपीएस दुवैबाट लाभ लिन सक्नुपर्ने बताएका छन् । डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ६ वटा सुझाव दिदै चीनसँग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिनुपर्ने, रेल बनाउँदा ऋणजालमा फस्न नहुने, अनुदान र ऋणको सन्तुलन मिलाउनुपर्ने, सडकमा बढी जोड दिनुपर्ने, कर्णाली–गण्डकी–कोशी कोरिडोरलाई प्रथमिकता दिनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उनले ऋण र अनुदान भन्दा औद्योगिक लगानी,व्यापार,पर्यटनमा जाेड दिनुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले २५ र २६ असोजमा नेपालको राजकीय भ्रमण गर्दैछन् । यसक्रममा विभिन्न समझदारी तथा एमओयूमा हस्ताक्षर गरिने बताइएको छ । दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




