{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570834915360","total_editor_time":108,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1570834915277","total_effects_time":0,"brushes_used":0,"height":1820,"layers_used":0,"width":3465,"subsource":"done_button"}

टोकियो । यतिखेर शक्तिशाली ताईफु हागिविसले तोकाई तथा कान्तो क्षेत्रमा असर देखाउन थालिसकेको छ । निरन्तर भारी वर्षा तथा तिव्र गतिमा आँधी चलिरहेको छ । यसैको असरका कारण  हालसम्म बन्द हुने सुचना जारी भएका रेल तथा हवाई सेवाहरु यसप्रकार छन् ।

सिनकानसेन

तोकाईदो सिनकानसेन

यो लाईनको सिनकानसेन टोकियो र नागोयाबिच बन्द गरिएको छ । त्यस्तै नागोयाबाट सिनओसाका सम्मका ६ वटा लाईनहरुलेबन्द हुने सुचना जारी गरिसकेका छन् । त्यस्तै अर्को,सान्यो सिनकानसेनले पनि ओसाका र ओकायामा लाईन विहान १०:३० बजेपछिविस्तारै घटाउँदै लाने तथा आवाश्यकता अनुसार बन्द गर्ने बताएको छ ।यो संगै, तोहोकु,आकिता,यामागाता,जोएत्सु,होकुरिकुसिनकानसेनले पनि बिहान ११ बजेदेखि ट्रेन संख्या घटाउँदै लाजाने तथा आवाश्यकता अनुसार बन्द पनि हुनसक्ने बताएको छ ।

टोकियो क्षेत्रमा बन्द हुने रेलसेवाहरु

जेआर

टोकियो महानगर भित्रका अधिकांस रेल सेवाहरु बिहान ९ बजेदेखि १ बजेसम्ममा बन्द हुनेछन् । जानकारी अनुसार

–तोकाईदो लाईन लगभग बिहान १० बजेतिरबाट बन्द हुनेछ

–केहिन तोहोकु, चुओ, तथा सोबुलाईन पनि करिब दिउँसो १२ बजे तिर बन्द रहने छ ।

त्यस्तै यामानोते लाईन पनि करिव १ बजेतिर बन्द हुनेछ ।

तोबुलाईन

बिहान ११ बजेबाट तोबुलाईनले पनि बिस्तारै सेवा घटाउनेछ । १ बजेतिर केहि सर्भिसहरु बन्द पनि हुनसक्ने छन् ।

सेईबु लाईन

सेईबुलाईनले  दिउँसो १ बजेबाट आफ्नो सेवा स्थगन गर्ने जनाएको छ ।

केईओ लाईन

केईओ लाईनले बिहान १२ बजेबाट सेवा कटौति गर्दै दिउँसो १ बजेबाट सेवा स्थगन गर्ने जनाएको छ ।

ओदाईकु लाईन

ओदाईकु लाईन पनि बिहन ९ बजेबाट २ बजेसम्ममा पूर्ण प्रभावित हुनेछ ।

तोक्यु

तोक्यु लाईन पनि बिहान ९ बजेबाट११:३० बजेसम्ममा प्रभावित हुने जनाईएको छ ।

केईक्यु

यो लाईन पनि दिउँसो १२ बजेबाट अपराह्न ४ बजेसम्ममा प्रभावित भईसक्नेछ ।

टोकियो मेट्रो

टोकियो मेट्रोलाईन पनि दिउँसो १ बजेबाट मारुनोउची लगायतका केहि लाईनहरु आँसिक बन्द हुनसक्नेछन् ।

सोतेचु

बिहान १० बजेबाट  सेवा कटौती गर्दै ११ बजेसम्ममा केहि समयका लागि सेवा बन्द हुनेछन् ।

केईसेई

यो लाईनका सेवा पनि आंसिक बन्द रहनसक्नेछन् ।

यसका अलवा वायुसेवा कम्पनिहरुले सम्पूर्ण घरेलु उडानहरु रद्द गरिसकेका छन् । त्यस्तै अधिकांस राजमार्गहरु पनि  बन्द रहनेबताईएको छ ।

सम्बन्धित समाचार

यस पटकको ताईफु विध्वंसक हुने, आईतबार टोकियोका मूख्य रेलसेवाहरु ठप्प हुने, सुरक्षा अप्नाउन आग्रह

ताईफुले टोकियोमा पनि गम्भिर क्षति पुर्याउन सक्ने, रेलसेवा ठप्प हुने,पुर्वतयारी गर्न आग्रह

शक्तिशाली ताईफुको त्रास बढ्दो, पूर्वतयारीले रित्तियो कम्बिनी तथा सुपाका सामानहरु( तस्बिर)

ताईफुको कारण १६ सय भन्दा बढि घरेलु उडान रद्द,टोकियोका रेलसेवा पनि ठप्प, सबै पसलहरुको स्टक सक्कियो(अपडेट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार