ठमाडौँ । बिहीबार दिउँसो करिब ३ बजेतिर गृह मन्त्रालयमा एउटा फोन आयो । फोनमा भनिएको थियो – ‘सिरहाबाट बोल्दैछु । वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें । अब राष्ट्र बैङ्कको गर्दैछु ।’
गृहसचिव प्रेमकुमार राईले तत्कालै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई ‘त्यो मान्छे को हो पत्ता लगाउन निर्देशन’ दिए ।
आईजीपी खनालले पनि तत्कालै महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापालाई घटनाबारे जानकारी दिएर तत्काल अपराधीलाई पक्रेर कारबाही गर्न निर्देशन दिए ।
केही दिनअघि मात्र कृषि विकास बैङ्कको सिरहाको लहान शाखाबाट करोडौं रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिको खातामा पुर्याइएको थियो । यस्तो कुरा सुनेपछि महाशाखाको टोली झनै सक्रिय बन्यो । त्यो व्यक्ति को हो पत्ता खोज्न तिर लाग्यो ।
जुन अपरिचित व्यक्तिले फोन गरेको नम्बर ट्रयाक गर्दै महाशाखाको टोली खोजीकार्यमा संलग्न भयो । अन्ततः महाशाखाको टोलीले ती अपरिचित व्यक्तिलाई २४ घण्टा नबित्दै सिरहाको कल्याणपुरबाट पक्राउ गर्यो ।
पक्राउ परेका व्यक्ति थिए सिरहाकै प्रमोद ठाकुर । अनुसन्धानको क्रममा ठाकुर मानसिक रोगी रहेको प्रहरीको भनाइ छ ।
सोधपुछको क्रममा पक्राउ परेका ठाकुरले ‘आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी’ लाई पनि फोन गरेर कुराकानी गरेको प्रहरी समक्ष बयान दिएको महाशाखाका प्रमुख थापाले जानकारी दिए ।
ठाकुरले एउटा फोन प्रयोग गर्दै आइरहेको थापाको भनाइ छ । एसएसपी थापाले भने, ‘एउटा फोन प्रयोग गरे पनि सिम भने ७ वटा आफ्नै नामबाट निकालेर चलाउँदै आएको पाइएको छ ।’
ठाकुरले भारतको सर्वोच्च अदालतलमा समेत फोन गरेर नेपालका बैङ्कका एटीएम ह्याक गर्न लागेको बताएको प्रहरी समक्ष बयान दिएका छन् ।
यस्तै ठाकुरले बङ्गलादेशको जति पनि प्लेन क्र्यास भयो आफ्नै कारणले भएको पनि बताएका छन् ।
प्रहरीले ठाकुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको भन्दै स्वास्थ परीक्षण गराउने जनाएको छ । ठाकुरले दिएको बयान अविश्वसनीय देखिएकाले परीक्षणको लागि पठाइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका ठाकुरको मोबाइल र ७ वटै सिमकार्ड प्रहरीले राखेर थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




