
सन् २०१७ मा नेपाल आउने विदेशी पर्यटक को संख्या ९,४०,२१८ थियो जुन२०१८ सालमा बढेर ११,७३,०७२ हुन पुगेको छ। वार्षिक ग्रोथ रेट पनि२४.७७% रहेको छ।संख्यात्मक हिसाब ले हेर्दा हामी सफल देखिएका छौं।अर्को तर्फ २०१७ साल मा पर्यटकको सरदर बसाई१२.६ दिन थियो भने २०१८ सालमा आउँदा सरदर बसाई घटेर १२.४दिन हुन पुगेको छ। अहिले सरदर बसाईको ग्रोथ रेट माइनस १.५९ %रहेको छ। पर्यटन मन्त्रालय को पर्यटन विकास नीति २०१६–२०१८अनुसार हाम्रो लक्ष पर्यटकको सरदर बसाई २०१८ सम्ममा १४ दिन पुर्याउने थियो। यो लक्षमा हामी पूर्ण रूप मा असफल भएका छौं।
आर्थिक पाटो तिर हेर्यो भने, २०१७ साल मा पर्यटकको एकदिनको सरदर खर्च ५४ अमेरिकी डलर थियो भने २०१८ साल मा यो घटेर ४४ अमेरिकी डलर हुन पुगेको छ। ग्रोथ रेट हेर्यो भने माइनस १८% हुनआउँछ।पर्यटन मन्त्रालय को भिजन २०२० अनुसार पर्यटकको दैनिक सरदर खर्च सरदर ७० अमेरिकी डलर पुर्याउने उदेश्य राखिएको छ। केयो तरिकाले उदेश्य पूरा होला त !
हुन त गएका केही वर्षमा नेपाल मा होम स्टे हरुको धेरै विकास भएकोछ, पर्यटक हरू एयर वि एन वी प्रयोग गर्न लागेका छन्। जसले गर्दा उनीहरूले गर्ने खर्च को गणना हुन सकेको छैन भन्ने तर्क हरु पनि येदाकादा सुन्न पाईन्छ, के यस्ता सर्विस हरु लाई पनि नियमन गरेर सरकारी संयन्त्र ल्याउनु नीति निर्माता हरुको जिम्मेवारी होइन र? हाम्रोपर्यटन नीति वास्तव मा अहिले संसारमा भइरहेको पर्यटनको विकासभन्दा निकै पछाडि छ, त्यसैले समय सुहाउँदो अग्रगामी पर्यटन नीतिबनाउने बेला भै सक्यो कि! सायद यता तिर पनि पर्यटन नीति निर्माताहरुको ध्यान जाँदा समग्र मा देश लाई नै फाइदा हुने थियो!
पर्यटक को संख्या बढाउने रणनीति लिनु गलत होइन, तर देशमा भित्रिएका पर्यटक को बसाई र उनीहरू ले गर्ने खर्च बढाउन सकिएनभने नेपाल सस्तो गन्तव्यको रूपमा ब्रान्डिङ् हुने छ र यस्तो पर्यटनले देशलाई कदापि फाइदा गर्ने छैन।
पर्यटन के का लागि ?
नेपाल अहिले पर्यटनको माध्यम बाट संविर्धिको सपना देखिरहेको छ! सरकार पर्यटन पूर्वाधार मा लगानीको लागि अगाडिबढिरहेको छ, निजी क्षेत्रका व्यवसायी हरु होटल, रिसोर्टलगाएत अन्य पर्यटन व्यवसाय मा लगानी गरिरहेका छन्।नेपालमा प्रत्येक वर्ष विदेशी पर्यटक को आवागमन पनिबढिरहेको छ। २०१८को तथ्याङ्क हेर्यो भने पनि पर्यटकविर्धिदर २४ %भन्दा बढी छ! जुन एशिया प्यासिफिकमा नैसबै भन्दा बढी छ!तर पर्यटक को बिर्धिदर जसरी बढिरहेको छ, त्यो मात्रामाआम्दानी बढ्न नसकेको कुरा पर्यटन व्यवसायी हरुगरिरहेका छन्। हुनत यो विषयमा नेपालमा कुनै अध्ययन भएको छैन।विशेष गरी होटल व्यवसायीको आम्दानी विर्दीनहुनुका विविध कारण हुन सक्दछन् , जसमा नेपालमा पर्यटकस्तरका होटल को विर्धी हुनु, होमस्टे हरु को बिर्धी हुनु तथाएयर एंड वि हरुको विर्धि हुनुलाई प्रमुख रूपमा लिन सकिन्छ।
यस्तो अवस्थामा देशमा खर्चिला पर्यटक भित्राउने तर्फ सबैको ध्यान जानु पर्ने मा हाम्रा पर्यटन नीति तथा रणनीति हरु पर्यटकको संख्या को पछि दौडिरहेका छन्! आम्दानी बिनाको संख्यामात्र ले देशलाई फाइदा भन्दा पनि ओभर टुरिजम कोदलदलमा फसाउन सक्ने खतरा पनि अर्को तर्फ छ!
हिजो मात्रै भिजिट नेपाल को संयोजन समिति र एन आर एनको बीचमा नेपालमा पर्यटन वृद्दीका लागि विदेशमा बस्ने एकनेपाली ले आफ्नो एकजना विदेशी साथी नेपाल पठाउने भन्नेसम्झौता भएको छ। यो राम्रो कुरा भएता पनि त्यस्ता पर्यटकबाट देशले के फाइदा लिने भन्ने बारेमा कसैले सोचेकोदेखिएको छैन।
प्राय गरेर विदेशमा बस्ने नेपाली हरुले नेपालमा पठाउनेपर्यटक हरु लाई होटलमा नभएर नेपालको आफ्नो घर माबसाउने गर्दछन भने पर्यटक हरुलाई पनि नेपालमा बस्नेउनीहरूका नातेदार हरुले नै घुमाउने गर्दछन। जसले गर्दा यस्तापर्यटक हरु बाट पर्यटन ब्यवसाही हरुलाई कुनै आर्थिकफाइदा हुँदैन।जसले पर्यटन को दिगो विकास हुन सक्दैन।
अवस्य पनि सम्बन्धित निकाय को यस्ता कुरामा पनि ध्यानजाने छ, सम्झौता केवल सम्झौताको लागि मात्र नभएर देशलेपनि फाइदा लिन सकोस् ! शुभकामना!
भिजिट नेपाल २०२०, यसो गरे कसो होला !
भिजिट नेपाल २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउनेहाम्रो लक्ष्य छ। भिजिट नेपाल समग्र मा नेपालमा पर्यटक मात्रभित्राउने नभएर पर्यटन को माध्यम बाट देशको संवृद्धि कोलक्ष्य पूरा गर्ने दीर्घकालीन लक्ष्य लिएको कार्यक्रम हो भन्दासायद अतियुक्ति नहोला।
यस्ता धेरै कार्य हरु छन्, जुन भिजिट नेपाल २०२० मा गर्न सकिन्छ जसले पर्यटक को संख्या २०२० मा मात्र नबढएरर वर्षौं सम्म दिगो असर पार्न सक्दछन् भने पर्यटन मात्र नभएर प्रतक्ष रूपमा नै अन्यक्षेत्रहरु को विकास मा पनि सहयोग गर्ने छन्। सम्बन्धित निकाय कोध्यान यता तर्फ पनि जान सक्यो भने भ्रमण वर्षको लक्ष्य सार्थक हुने थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




