
राष्ट्रपति ‘साक्षी’
कान्तिपुर दैनिकका अनुसार ओली र दाहालबीच नयाँ सम्झौता हुने वातावरण बनाउनमा राष्ट्रपति विद्यादेवि भण्डारीको भूमिका रहेको समाचार प्रकाशित गरेको छ । ‘ओली र दाहालले बुधबार राष्ट्रपति भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो,’ घटनाक्रमका जानकार नेकपाका एक नेताले भने ।
एक्ला एक्लै गरिएका विगतका समझदारी कार्यान्वयनमा ओलीले उदासिनता देखाएपछि दाहालले भरपर्दो साक्षाी खोजेका थिए । लगत्तै उनीहरुले राष्ट्रपति भण्डारीलाई भेटेर सहमति गरे ।
नागरिक दैनिकका अनुसार यसअघि वामदेव गौतमलाई उपाध्यक्ष बनाउने, ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुख बनाउनेजस्ता विषयमा राष्ट्रपति भण्डारीले दाहाल अतरिक्त महासचिव विष्णु पौडेल, पोखरेल र गौतमलाई एकै ठाउँ राखेर सहजीकरण गरेकी थिइन् ।
नयाँ पत्रिका दैनिकले नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दाबारे समाचार प्रकाशित गरेको छ । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ ।
नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।
त्यस्तै, पत्रिकाले ‘घुमुवाले बदनाम हुँदै नेपाल प्रहरी’ शीर्षकमा समाचार प्रकाशित गर्दै गोप्य रुपमा सूचना संकलन गर्नुपर्ने घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न हुने गरेको समाचार पनि प्रकाशित गरेको छ ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्, ‘इन्ठेलिजेन्समा खटिने प्रहरीको बदमासी गर्दा सम्बन्धित कार्यालयको कमान्डरको गल्ती भएको मानिन्छ । उनीहरुलाई नियमन गर्ने जिम्मेवारी सम्बन्धित कमान्डरकै हुन्छ । सादा पोसाकमा खटिने प्रहरीले बदमासी गर्नु भनेको कमान्डरकै कमजोरी हो ।
नागरिक दैनिकले ‘हराएको मूर्ति अमेरिकी संग्रहालयमा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्।
उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो। कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ। मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ। १५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन्।
पत्रिकामा मेडिकल कलेजलाई बढी शुल्क असुल्न काठमाडौँ विश्वविद्यालयले परिपत्र गरेको समाचार पनि प्रकाशित छ । सरकारले तोकेभन्दा बढी शुल्क उठाउन केयुले आफूसँग सम्बन्धन प्राप्त मेडिकल कलेजलाई परिपत्र गरेको पाइएको हो । तर, काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा उक्त विश्वविद्यालयलाई शुल्क निर्धारण गर्ने अधिकार छैन । कानुनले दिँदै नदिएको अधिकार प्रयोग गरी विश्वद्यिालय पदाधिकारीले आफूसँग सम्बन्धन पाएका मेडिकल कलेजलाई बढी शुल्क लिन परिपत्र गरेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकमा सरकारले गैरकानुनी ढङगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको समाचार प्रकाशित गरेको छ । पर्यटक भिसामा आएका तीनै जना कम्प्युटर इन्जिनियर हुन् । साउन ७ गतेस्म्म पर्यटक भिसामा रहेका उनीहरु त्यसपछि गैरकानुनी रुपमा बसेका थिए ।
उनीहरुलाई अध्यागमन विभागले गत साउन २८ निष्कासन गरेको थियो । नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन् । उनीहरु ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको हिमाल चिल्बी नामक आइटी कम्पनीमा काम गर्दै आइरहेका थिए ।
कान्तिपुर दैनिकमा सरकारले टुटल र पठाओलाई फेरि रोक लगाएको समाचार प्रकाशित छ । सरकारले टुटल र पठाओलाई मोटरसाइकलमा यात्रु ओसार्न रोक लगाएको हो । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्था प्रगोग गरी यात्रु ओसारे कारवाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको समाचारमा उल्लेख छ ।
विभागले मंगलबार टुटल र पठाओको नाम नलिइ सार्वजनिक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो । निजी प्रयोजनका सवारी साधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएका कारवाही गर्ने सूचनामा उल्लेख छ ।
पत्रिकाले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई आफूअनुकूल बनाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशलाई प्रमुख प्रतिपक्षी काँग्रेस र संविधानविद्हरुले कानुनी शासनविपरीतको कदम भनी टिप्पणी गरेका छन् । परिषद्मा विपक्षीको प्रतिनिधित्वलाई निस्तेज पार्न खोजिएको भन्दै काँग्रेसले आपत्ति जनाएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




