टोकियो । ‘त्यो मनमा’ बोलका चर्चित गायक शाहिल खड्काको नयाँ म्युजिक भिडियो जापानमा छायांकन गरिने भएको छ ।

मिठो आवाज र पृथक शैलीका गीतहरुबाट दर्शक श्रोताका मनमा बस्न सफल शाहिल ,अर्को उत्कृष्ट गित तथा म्युजिक भिडियोको तयारीमा जुटिरहेका छन् । मेलिना राई संगको युगल गायनमा रेकर्डिङको काम सक्किएर, दृश्य छायांकनको तयारीमा रहेको नयाँ गीत शाहिलले, आफ्नो कर्मभूमि जापानमै छायांकन गर्ने बताएका छन् ।

म्याग्दीमा जन्मिएका उनि विगत केहि वर्षयता जापानमा रहँदै आएका छन् ।यद्यपी जापानमा रहेर पनि उनको साँगितिक यात्रा भने निरन्तर जारी छ । हालसालै नेपालमा नै रेकर्डिङ् स्टुडियो समेत खोलेका शाहिलले – त्यो मनमा,के यो मायाँ हो ?, कालो कोठी गालैमा,शरिमै लाउने लगायतका दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गितहरु गाईसकेका छन् ।

यतिखेर ,छायांकनको पूर्वसंघारमा  उनि म्युजिक भिडियोका लागि एक जना फिमेल मोडलको खोजिमा रहेका छन् ।

शाहिलका गितहरु युट्युबमा सहजै हेर्न सक्नुहुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार