टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद्को बैठकमा अनौठो र लाजमदो हर्कद देखिएको छ । शनिवार १० घन्टासम्म चलेको बैठकमा क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य संघको मानमर्दन हुने गरी बैठकमा प्रस्तुत भए । संघका केही केन्द्रीय सदस्य कांग्रेस र कम्युनिष्टको बैठकमा हुने वादविवादको शैलीमा उत्रिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा युरोप क्षेत्रबाट प्रतिनिधित्वमा गर्ने केही कथित नेपाली कांग्रेस समर्थकले आफ्नो प्यानलले ५० प्रतिशत केन्द्रीय सदस्य पाउनुपर्ने भन्दै आफ्नो अमर्यादित रुपमा प्रस्तुत भएका थिए । ती मध्यका एक स्वीडेनबाट प्रतिनिधित्व गर्ने अर्जुन श्रेष्ठले हुन् । उनले अक्टोवरमा सम्पन्न महाधिवेशनमा कुल आचार्य समुह कांग्रेसको प्यानल भएकाले सोही अनुसारको भागबन्डा माग गरेका थिए । बैठकमा श्रेष्ठ अमर्यादित रुपमा प्रस्तुत भएपछि अध्यक्ष कुमार पन्तले बैठकबाटै निकाली दिने चेतावानी दिएका थिए ।
यस्तै युरोप संयोजक नारायण आचार्यसमेत राजनीतिक रुपमा प्रस्तुत भएपछि बैठक असहज बनेको थियो । बैठकका एक सहभागिका अनुसार आचार्यले आफ्नो सिफारिस अनुसार केन्द्रीय सदस्य चयन नभएको भन्दै आक्रोस पोखेका थिए ।
आफू लोकतान्त्रिक समूहबाट युरोप संयोजकमा चुनाव जितेको दाबी गर्ने आचार्यले गैरआवासीय नेपाली संघमा लामो समयदेखि सक्रिय एकराज गिरीको नाम हटाउन चर्को लविङ गरेका थिए ।
अचम्मै देखियो बैठकमा गिरीजस्ता कांग्रेसमा सक्रिय मान्छेलाई हटाएर अर्को व्यक्तिलाई आइसीसी सदस्य सिफारिस गर्नेलाई के को कांग्रेस मान्ने हो ? एक सहभागीले भने ।
बैठकमा नेरल्याण्डबाट प्रतिनिधित्व गर्ने आइसीसी ठकुर प्रसाद शर्मा उर्फ मनोहरीले आफ्नो दाजु गुणराज शर्मालाई सदस्यमा ल्याउन हारगुहार गरेपछि बैठकमा थप असहज भएको थियो ।
युरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यको प्रस्तुति लज्जास्पद देखेपछि अन्य क्षेत्रका केन्द्रीय सदस्य मुखदर्शक भएका थिए ।
अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले एनआरएन आईसीसी बैठकमा अपशब्द प्रयोग गरेपछि विवादमा आएका छन् । भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट क्षेत्रीय संयोजक चयन भएका त्रिपाठीले एनआरएन आईसीसीको ७० औं बैठकमा महिलामाथि अपशब्द प्रयोग गरेको एक सदस्यले सहभागीले बताए ।
बैठक चलिरहेको बेला महिला उपाध्यक्ष रबिना थापा र आईसिसी महिला संयोजक भूमा सुब्बा बोल्दा महिलालाई अपमान गर्ने शब्द (फतौरी आइमाइ) प्रयोग गरेपछि बैठकमा सहभागी अमेरिकाका आईसीसी सदस्य शंकर खडकाले आपत्ती जनाए ।
आईसीसी महासचिव हेमराज शर्माले क्षेत्रीय संयोजक त्रिपाठीलाई माफी माग्न लगाएका थिए । महासचिव हेमराज शर्माको निर्देशनपछि क्षेत्रीय संयोजक त्रिपाठीले गल्ती महसुस गर्दै बैठकमा माफी मागेका थिए । बैठक सञ्चालन गरिरहेका संघका महासचिव डा. शर्माले अन्त्यमा सबैलाई आगामी दिनमा एक भएर प्रस्तुत हुन आग्रह गर्दै बैठक टुंग्याएका थिए ।
नेपालब्रिटेनडटकमबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




