टोकियो । तमु धिं जापानको आयोजनामा हुने २५ औं ल्होसार साँझ तथा रजत जयन्ति २०२० लाइ धमकेदार बनाउन चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ र लोक दोहोरी गायक राकेश गुरुङ टोकियो आउने भएका छन् ।
साथै चर्चित पप गायक सन्जिब गुरुङ हङकङबाट आफ्नो प्रस्तुती दिन टोकियो आउने भएका छन्।स्थापना कालको २५वर्षे लामो इतिहास बोकेको तमु धिं जापानले तमुहरुको मौलिक संस्कृति परम्परालाइ जिवन्त राख्न हरेक वर्ष ल्होसार र रोधीं साँझ जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ । यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जिवन्त राख्न आफ्नो स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संस्थाले रजत जयन्ती तथा ल्होसार साँझको तयारी गरिरहेको महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
विदेशी भुमिमा रहेर पनि आफ्नो मौलिक कला संस्कृतियों संरक्षण सम्बर्द्दन र आदिबासी जनजातिको हक़ अधिकारको आवाज बुलन्द गर्दै आइरहेको तमु धिं जापानले अध्ययन तथा रोजगारिको सिलसिलामा जापानलाइ आफ्नो कर्म थलो बनाइ बसेका तमुहरू बिच एकता, समिप्यता र भाइचाराको संबन्ध कायम गर्दै आइरहेको छ। विदेशमा रहेका नेपालीहरुको साझा समस्याप्रति प्रतिबद्ध रहनुका साथै भैपरी आउने समस्यप्रती सधै साथ दिदै आइरहेको छ ।
यसैगरी कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरि गायिका शर्मिला गुरुङलाई सम्मान पनि गरिने छ । गुरुङले विभिन्न लोकप्रिय लोक तथा दोहोरी गीतहरु गाइ नेपाली मौलिक लोक संस्कृति र कलाको प्रवर्द्दन तथा संरक्षणमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
कार्यक्रलाई थप मनोरन्जन दिलाउन द भ्वाईस अफ नेपाल सिजन २ का नकआउट राउन्ड पुग्न सफल भ्वाईसका रकस्टार कुमार गुरुङ (काले), सलैजो तथा दोहोरी गायक रुपेश गुरुङ र स्थानिय कलाकारहरूको पनि प्रस्तुती रहेनछ । प्रत्येक वर्ष जनवरी २ मा ल्होसार मनाउँदै आएको तमु धीं यस पटक भने विभिन्न विविध कारणले जनवरी ४ मा मनाउने भएको छ । महासचिव गुरुङका अनुसार, टोकियोको मध्य र व्यस्त स्थान उएनो ओन्सी पार्कको खुल्ला चौरमा गरिने भएकाले डोरी तान्ने खेल, वच्चहरुको लागि चकलेट टिपाई र कुर्सी घुमाई खेलहरुको पनि आयोजना गरिने भएको छ ।
यस पटकको कार्यक्रम भिन्न र पृथक हुनेछ र साथै, सधैं जसो हल साँघुरो भयो भन्ने दर्शक तथा पाहुनाहरुको गुनासो पनि नआउने विश्वास पनि लिईएको छ । आयोजक संस्थाले, जापानवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी वहिनिहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




