एजेन्सी – पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । ३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा पेगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप थियो ।
अतिरिक्त जिल्ला र सत्र न्यायाधीसले जुनैद हफिजमाथि पाँच लाख जरिवाना पनि तोकेको छ । ईशनिन्दाको आरोपलाई पाकिस्तानमा निकै गम्भीरताका साथ लिइन्छ । हफिजका पहिलो वकिल, राशिद रहमानले सन् २०१४ उनको मुद्दा लड्नका लागि तयार थिए तर उनको गोली हानी हत्या गरिएको थियो ।
त्यसपछि यो मुद्दा लड्नका लागि कोही पनि वकिल तयार भएनन् । पछि जब अर्का एक वकिल मुद्दा लड्न तयार हुँदा उनलाई पनि धम्की दिइएको बताइन्छ । मुद्दाको सुनुवाई सन् २०१४ मा सुरु भयो जसमा अभियोजन पक्षको तर्फबाट १३ व्यक्तिले बयान दिए । प्राध्यापकविरुद्ध बयान दिने व्यक्तिमा विश्वविद्यालयका शिक्षक, विद्यार्थी र पुलिसकर्मी थिए ।
यतिबेला जेलभित्र जुनैद हफिजमाथि अन्य कैदीले पटकपटक हमला गरे । मुल्तान सेन्ट्रल जेलमा बन्द जुनैद हफिजले अमेरिकामा फुलब्राइट स्कोलरशीपमा मास्टर डिग्री गरे र उनको विशेषज्ञता अमेरिकी साहित्य, फोटोग्राफी र थिएटरमा छ ,
पाकिस्तान फर्किएपछि उनी मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू) मा प्राध्यापक बने । हफिजका वकिलका अनुसार यो निर्णय ‘सबैभन्दा दुर्भाग्यपूर्ण’ हो र आफूले यसविरुद्ध अपिल गर्नेछन् ।
यसैबीच अभियोजन पक्षका वकिललले आफ्ना सहयोगीलाई मिठाई बाँडे साथै ‘अल्ला हो अकबर’ र ‘ईशनिन्दकका लागि मृत्युदण्ड’ को नारा लगाए । एमनेस्टी इन्टरनेशनलले यसलाई ‘निकै निराशाजनक र आश्चर्यजनक’ बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




