टोकियो । संसारभरी छरिएका नेपाली साहित्यकारहरुको आधिकारिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन जापानमा गर्ने भएको छ । सन् २०२० को जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोक्योमा हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक दीप पाठकले जनाएका छन् । सम्मेलनको उदघाटन शत्र ११ तारिक शनिबार बिहान १० बजे हुनेछ ।
सम्मेलनमा केन्द्रीय कार्य समिति सदस्यहरु, बोर्ड अफ ट्रस्टीहरु उपस्थित हुनेछन् । त्यसैगरि संसारभरी छरिएर रहेका दर्जनौ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।
‘संसारभरि छरिएर रहेका च्याप्टरका निर्वाचित सदस्य र केन्द्रीय प्रतिनिधिहरुबीच नजिकको सम्बन्ध बनाउन यस्तो सम्मेलन गरिन्छ ।‘ अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे भन्छन्, ‘मातृभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यको प्रवद्र्धनमा लागिरहेका सयौं साहित्यकारहरुबीच सिर्जनाको गुणस्तर र हाम्रो साहित्यको अन्तर्राष्ट्रियकरणलाई पनि यस्ता कार्यक्रमहरुले मलजल गर्न मद्दत गर्दै आएको छ ।
सम्मेलनमा नेपाल, बेलायत, अस्ट्रेलिया, पोर्चुगल, कोरिया, इजरायल, कतार, जापान र अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका झण्डै सय साहित्यकारहरुको उपस्थिति हुने जनाइएको छ । प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मलेन सन् २०१६ बाट सुरु गरिएको थियो । अघिल्लो पटक च्याप्टर सम्मेलन अमेरिकाको न्यु ह्यामशायरमा भएको थियो ।
‘विदेशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैमा निकै गाह्रो काम हो । तर यसअघिका अनुभवले हामीलाई साहित्यमा गर्नुपर्ने धेरै बाँकी रहेको बोध गराएको छ ।‘ संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘यस्ता सम्मेलनमा उठेका विषयकै कारण नेपाली साहित्यलाई अंग्रेजीलगायतका भाषामा अनुवाद गर्न थालेका छौं । टोक्यो सम्मेलनले पनि केही महत्वपूर्ण घोषणा गर्नेछ । साहित्यकै लागि साथीभाइहरु रातोदिन खट्नु भएको छ । परदेशमा यो निकै ठूलो त्याग हो ।‘
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने, सन्स्थाको आन्तरिक छलफल गर्ने, बिभिन्न बिसयमा सामुहिक बहस गर्ने र टोक्यो घोषणापत्र जारी गर्ने तयारी रहेको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले बताउनु भयो ।
सम्मेलन केन्द्रीय कार्य समितीको आयोजना र जापान च्याप्टरको व्यबस्थापन र सन्योजन रहेको छ । हालै मात्र जापान च्याप्टरले गजलकार गिरिजा गैह्रेको नेतृत्त्वमा नया कार्यसमिती चुनिए पछी च्याप्टरमा झनै सकृयता देखिएको छ । नवनिर्वाचित अध्यक्ष गैह्रे सम्मेलनका सह-संयोजक हुन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




