टोकियो । म प्राय फुर्सतको समयमा, फोटोग्राफी या भिडियोग्राफी गर्न मन पराउँछु । फोटो खिच्न कहिँ त जानै पर्यो । त्यसै शिलशिलामा यस पटक, टोकियोको व्यस्थ सहर हाराज्युकु( 原宿)मा रहेको मेईजी जिन्गु( 明治神宮) नामक सिन्तोउ सिरिन( सिन्तो धर्मावलम्बीहरुको मन्दिर)मा पुगेँ । यहाँ पुग्नुको कारण चाहीँ, यो सिरिन नयाँवर्षका लागि एकदमै प्रसिद्द छ । खास गरि, व्यवसायी, नयाँ जागिरे, विद्यार्थीहरु नयाँ वर्षको दिन आफ्नो सफलताको कामनाका लागि यस सिरिनमा गई प्रार्थना गर्ने गर्दछन् । नयाँ वर्षको दिन यहाँ जानेबाटोमा बिहान सबेरै देखि लामो लाईन हुने गर्दछ । त्यसैले यसपटक टोकियोको यो सिरिनलाई मेरो भिडियो व्लगमा समावेश गर्ने उदेश्यले साविकको दिन र नयाँ वर्षको दिनमा तुलना गर्न पनि भिडियो खिच्ने मनशायले पुगेको हुँ ।
मेईजि जिंगुको भ्लग पनि तयार पारेको छु । त्यो केहि दिनमा। हाम्रो अफिसिय युट्युबबाट प्रस्तुत गर्नेछौँ । तर आज चाहीँ त्यहि मन्दिर परिसरमा रहेको कपुरको रुख पनि, लिखित आशिर्बाद माग्नेहरुको केहि झलक प्रसेतुत गर्दैछु । सायद, तपाई जापानमा हुनुहुन्छ भने अवश्य देख्नुभएको छ , धेरै जसो मन्दिरहरुमा आफुले चाहेको कुरा लेखेर मन्दिरको एक छेउमा झुन्ड्याउने चलन हुन्छ । यसरी लेखिएको ईच्छाहरु भगवानल् पूरा गर्दछन् भन्ने विश्वास गरिन्छ । यस पटक यहाँहरुलाई त्येि कपुरका रुखमुनि झुन्डिएका केहि ईच्छाहरु ( भगवानको नाममा चढाईएका आस्थाका )अक्षरहरुले कुँदिएका यि काठका चोईटाहरुको तस्बिर प्रस्तुत गर्दछु । हामीलाई हेर्दै गर्नुहोला यस भन्दा पछि, सांस्कृतिक तथा आर्थिक पाटोहरुलाई पनि प्रस्तुत गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




