टोकियो । नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ गरिएको छ ।

मंगलबार, राजदुत निवासको सभा हलमा, उल्लेख्य जापानी अतिथिहरुको उपस्थितीमा ,भ्रमण वर्षको सफलताको कामना गर्दै, स्वस्तिवाचन सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षको लोगो सहितको ब्यानर खोलेर जापानमाऔपचारिक उद्घाटन गर्नुभएको हो ।

समारोहमा मन्तव्य राख्दै, राजदूत राणाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ, सहयोग र सद्भावको आवश्यक रहेकोबताउनु भयो । राणाले,नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं भाषिक विविधताले भरिएको मुलुक भएकाले, जापानीनागरिकहरुलाई नेपालका विश्व सम्पदा क्षेत्रहरु, सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बीनी जस्ता क्षेत्रहरुको भ्रमण गरी  अनुभव सँगाल्न अनुरोध पनि गर्नुभयो ।


भिडियो हेर्नुहोस्

कार्यक्रममा,नेपाल तथा नेपाली पर्यटनको बारेमा जानकारीहरु प्रस्तुत गरिएको थियो । यसका साथै नेपालमा समय व्यतित गरेकाजापानी नागरिकले नेपालको चितवान राष्ट्रिय निकुन्ञ्जमा खिचेका विभिन्न  जंगली जनावार तथा पंक्षीहरुको जानकारी सहितकोसामग्रीहरुको पनि प्रस्तुत गरिएको थियो ।

उदघाटन  समारोहमा, जापान सरकारका पूर्व मन्त्री तथा सांसद, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा मन्त्रालयका वरिष्ठपदाधिकारीहरु, नेपालका लागि जापानी राजदूत मासामिची साइगो, पूर्व राजदूतहरु, एनआरएनए जापानका पदाधिकारीहरु, नेपालीदूताबासका पदाधिकारी लगायत ठूलो संख्यामा जापानी तथा नपालीहरुको उपस्थिति रहेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार