नेपाली समाजका कयौँ दिदी बहिनिहरु अहिले पनि बम्बईका काल कोठीहरुमा हृदयविदारक पिडा भोग्न बाध्य छन् ।

त्यहाँ पुगेका र पुर्याईएका हरेक नेपाली चेलीको कथा व्यथाले भरिएको छ जुन सुन्दा पनि आङ सिरिंग भएर आउँछ । त्यस्तै परिस्थितिको सिकार भएकी लेखक तथा समाजसेवी सुनिता दनुवारको कथा र व्यथा पनि निकै दर्दनाक छ । शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित हुन् ।

बम्बईको काल कोठीबाट बल्ल बल्ल नेपाल फर्किन सफल भएकी सुनिता आज पनि ती दिनहरु सम्झदा उनका आँखामा आँशु भरिन्छ अनि आफु जस्तै अप्ठेरोमा परेकालाई सहयोग गर्दै आइरहेकी छिन् ।  १४ वर्षको उमेरमा भारतको बे’श्यालयमा बेचिएकी दनुवार ६ महिनापछि मुक्त हुन सफल भएकी थिइन् ।

नेपालबाट बर्सेनी करिब १५ हजार किशोरी बेचबिखन हुने र उनीहरूलाई तस्करी गरी भारतलगायत मुलुकमा यौन व्यापारमा लगाइन्छ । शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार