लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष कुल आचार्यले जतिसक्दो चाँडो संघको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । लन्डनमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आचार्यले गत अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलनमा आर्थिक र संगठनिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भएको बताए।
‘यसले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्। सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन। त्यस्तै म उपाध्यक्ष हुँदा संस्थामा २, २ जना सीइओ राख्दा संस्थाले धन्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्डमै छन्। त्यस्तै सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन,’ आचार्यले भने।
‘संस्थालाई सिन्डिकेट बनाउने प्रयास विरुद्ध नै मेरो उम्मेदवारी थियो। आगामी दिनमा पनि मेरो खबरदारी जारी रहने छ,’ उनले भने। काठमाडौंमा सम्पन्न चुनावमा सानो अन्तरले पराजित घोषणा गरिएका आचार्यले चुनावमा निर्वाचन समिति तथा सचिवालयले निस्पक्ष भूमिका निर्वाह गरेको, तर संस्थाको भविष्य र हितलाई ध्यानमा राख्दै आफुले निर्वाचनको परिणाम स्वीकार गरेको पनि बताए।
आचार्यले हालै आइसीसीको १० घण्टा लामो बैठक बसेको भनी प्रचार गरियो। तर सो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको पनि बताए।
‘क्षेत्रीय संयोजक (आरसी) हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा छैन। यस्तो कामले संस्थालाई अरु कम्जोर बनाउने निश्चित छ,’ उनले भने। ‘गत विश्व सम्मेलनमा संसार भरिबाट आउनु भएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहासकै राम्रो मत पनि दिनु भयो। संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाई संस्थाको बृहत्तर हितलाई हृदयंगम गर्दै मैले स्वीकार गरें। तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ। यसबारे म वर्तमान नेतृत्वलाई फेरी पनि सजग बनाउन चाहन्छु,’ उनले भने।
“अहिले संसार भरि बसोबास गरिरहनु भएका गैर आवासीय नेपालीहरुको पहिलो चासो भनेको नेपालमा रहेको आफ्नो सम्पत्ति कसरी सुरक्षित रहन्छ र सर्वसुलभ ढंगले गैर आवासीय नेपाली नागरिकता कसरी पाउन सकिन्छ भन्ने नै हो। तर संसद अधिवेशन शुरु भै सकेको यस्तो महत्वपूर्ण समयमा एनआरएनएको नेतृत्व मौन रहनु खेदजनक छ। म नयाँ नेतृत्वलाई सकभर चाँडो यस विषयमा सक्रियता देखाई सकारात्मक परिणाम ल्याउने तर्फ सम्पूर्ण उर्जा लगाउन आग्रह गर्दछु,’ उनले भने।
‘तपाई को आगामी योजना के छ भन्ने एक प्रश्नको जवाफमा आचार्यले आफु संघको एक इमान्दार सिपाही भएको र संघको हितमा काम गरिरहने विश्वास पनि दिलाए। आवश्यक परेको खण्डमा साथीहरुको चाहनाअनुसार म जहिले पनि तत्पर छु,’ उनले भने। उनले नयां वर्ष २०२० को अवसरमा संसारभरि रहेका गैर आवासीय नेपालीहरुलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभ कामना दिँदै आफुलाई गरेको सहयोगका लागि आभार पनि व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




