टोकियो। एनआरएनए जापानको महिला फोरम गठन भएको छ । गत साता टोकियोमा भएको महिलाहरुको भेलाले एनआरएनए एनसीसी जापानकी महिला संयोजक संगिता अधिकारीको संयोजकत्वमा महिला फोरम गठन गरिएको  हो ।

नब गठित फोरमकी सचिवमा कमला काप्री  तथा कोषाध्यक्षमा  विष्णु बानियाँ (प्रज्ञा) लाई चयन गरिएको छ । त्यस्तै, फोरमको सल्लाहकारहरुमा, एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी, एनसिसी वरिष्ठ उपाध्यक्ष अनिता गरुङ, महिला उपाध्यक्ष सबिता श्रेष्ठ, कोषाध्यक्ष   कालिका थापा, महिला सदस्य अन्जु भण्डारी, सरिता ढकाल, चन्द्रा अधिकारी केशी, सर्मिला श्रेष्ठ , उमा ओस्ती  र गृष्मा पौडेललाई  मनोनित गरिएको छ । साथै,आवश्यकता अनुसार  अन्य सदस्यहरु थप्दै जाने निर्णय भएको जानकारी गराईएको छ ।
संयोजक अधिकारीले आफ्नो कार्यकालमा जापानमा रहेका महिलाका समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ  । जसका लागि, जापानमा रहेका डिपेन्डेन्ट भिसा बाहक महिलाहरुलाई शसक्तीकरणका लागि मार्च ८ मा नारी दिवसको अवसरमा  प्रशिक्षण कार्यक्रम राख्ने, जापानमा  बच्चा जन्माउने महिलाहरुलाई  जापानको निती नियम र सेवा, सुविधाको विषयमा “मात्तृशिशु र परिवार नियोजन “सम्बन्धी कार्यक्रम गर्ने तयारी गरिएको छ  ।साथै, नेपाल सरकारको भ्रमण बर्ष २०२०  सफल पार्न जापानका  व्यस्त सडक तथा स्टेशनमा नेपालको पहिचान झल्कने पोशाक सहित ‘Visit Nepal 2020’ लोगो सहितको पर्चा वितरण गरेर जापानी नागरिकलाई नेपाल भ्रमणका लागि उत्साहित गर्ने लगायतका गतिविधिहरु पनि संचालन गरिने छ ।

उक्त समारोहका प्रमुख अतिथि एनआरएनए  जापानका अध्यक्ष देवीलाल भण्डारीले जापानमा घरेलु हिंसा बढेकाले त्यसको समाधानका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी एनआरएनए जापानका महासचिव जनक बिक्रम शाही र कोषाध्यक्ष  कालिका थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।  भेलामा उपस्थित महिलाहरुले जापानका महिलाको समस्या पहिचान गरी देश, समय र माग अनुसारका कार्यक्रम र योजना ल्याउन सुझाव दिएका थिए ।

भेला,संयोजक अधिकारीको अध्यक्षता तथा महिला उपाध्यक्ष सबिता  श्रेष्ठको स्वागत मन्तव्यका साथ, पत्रकार लक्ष्मी पौडेलले संचालन गर्नुभएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार