लन्डन । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका छन् । केही दिनअघि मात्र महारानी एलिजाबेथले नाति प्रिन्स ह्यारी र उनकी अमेरिकी पत्नी मेगनको इच्छाअनुसार आफ्नो वरिष्ठ शाही पद त्याग गर्ने चाहनालाई स्वीकृति दिएक्री थिइन् ।

यो जोडी अब आफ्नै ढंगको एक स्वतन्त्र भूमिकामा देखिदैछन् । ब्रिटेनको सिंहासनका छैठौं दाबेदार राजकुमार ह्यारी बिहीबार बकिंघम प्यालेसको बंगैचामा बच्चाहररुसँग रमाएका थिए । बालबालिकाहरु त्यसबेला अर्को वर्षको विश्वकपको लागि तयारी गरिरहेका थिए ।

राजकुमार ह्यालाई शाही पाहुनाको रूपमा जिम्मेवारी निभाउनका लागि यो अन्तिम मौका थियो। गतहप्ता राजकुमार ह्यारी (३५) र उनकी श्रीमती मेगन (३८) ले आफ्नो शाही जिम्मेवारी त्यागेको घोषणा गरेका थिए । उनीहरु दुवैजनाले आर्थिक रूपमा स्वतन्त्र हुनका लागि अमेरिकामा केही काम गर्ने तयारी गरिरहेका छन् । यो जोडीको यस्तो खालको प्रस्ताव(इच्छा) देखेर महारानी लगायत शाही परिवारलाई स्तब्ध पारेको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार