{"source":"picsart_share_screen","effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":["create_flow_fte"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1579252967891","total_editor_time":266,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1579252967871","total_effects_time":0,"brushes_used":0,"height":652,"layers_used":0,"width":1242,"subsource":"done_button"}

टोकियो । सव २०१९ मा जापानमा १९ हजार ९सय ५९ जनाले  आत्महत्या गरेका छन् । यो अघिल्लो वर्ष भन्दा ४.२ प्रतिशतले घटेकोहो । जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याका घटनामा झिनो गिरावट आईरहेको छ । 

प्रहरीको तथ्यांक्क अनुसार, सन १९७८ देखि नेश्नल पोलिसी एजेन्सीले रेकर्ड लिन सुरुगरेदेखि कै, आत्महत्याको घटना २० हजारभन्दा कम भएको यो पहिलो रेकर्ड हो । शुक्रबार जारी यो तथ्यांक्क केबल  प्रारम्भिक हो, आगमी मार्चमा पुन परिक्षण गरि अन्तिमतथ्य प्रस्तुत गरिनेछ । हालको यो तथ्याङ्क्क अनुसार, प्रति १ लाख मानिसहरुमा आत्महत्या गर्नेको संख्या १५ दशमल ८ मा झरेकोछ । यो दर सन २०१८ भन्दा ०.७ प्रतिशतले सुधार घटेको हो । जापान सरकारले आत्महत्याका घटनाहरु कम गराउन प्रयासगरिरहेको छ । सरकारी योजना सफल भएमा सन २०२५ सम्ममा यो दर १३ मा झार्नेछ ।

लिंगको आधारमा हेर्दा महिलाहरुको आत्महत्या दरमा उल्लेख्य घटेको छ । सन २०१८ को तुलनामा ५ सय २८ ले घट्दै ६ हजार २२  जना महिलाहरुले आत्महत्या गरेका छन् । तर पुरुषहरुको हकमा भने, केबल ३सय ५३ जना कम भई १३  हजार ९ सय ३७ रहेको छ। यसरी आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी टोकियोका रहेका छन् भने क्रमश ओसाका, साइतामा, खानागावा तथा तोत्तोरीप्रिफेक्चरहरुमा बसोबास गरेनेहरु रहेका छन् ।

त्यस्तै १ लाख मानिसहरुमा आत्महत्या गर्नेहरुको अनुपातमा चाहीँ यामानासी अगाडी देखिएको छ । जहाँ प्रतिएक लाखमानिसहरुमा २२.३ रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार