टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले संघले यस अघि नै बिशेष महाधिबेशन बोलाउने निर्णय गरिसकेको बताएका छन् ।
पन्तले डिसी नेपालसंगको एक अन्तर्वार्तामा आफु निर्वाचित भए पछिको पहिलो बैठकले नै बिशेष महाधिबेशन बोलाउने निर्णय गरे जानकारी पाए पछि केहि समूहले सस्तो लोकप्रियता र जस लिने होटवाजीको लागि महाधिबेशनको माग गरेको बताए । उनले सबै पक्षलाई समेटेर लैजाने प्रतिबद्दता जनाए ।उनले बिशेष महाधिबेशनमा संघको बिधान, आर्थिक र वार्षिक प्रतिबेदन पेस गरिने बताए । पन्तले संघको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गर्न अध्ययन भैरहेको जनाए । उनले राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता एनआरएनले पाउने निश्चित भएको बताए।
उनले नेपाल सरकारसँग पूर्ण अधिकारसहितको नागरिकताको कुरा भइरहेको तर राजनीतिक अधिकारबाहेक आर्थिक, साँस्कृतिक र सामाजिक अधिकार सहितको नागरिकता पाउने निश्चित भएको बताए।दोहोरो नागरिकताको माग गरेको आरोप लाग्ने गरेको एनआरएनएका अध्यक्ष पन्तले आफूहरुले दोहोरो नागरिकता नभई नेपाली नागरिकताको निरन्तरताको मात्र माग गरेको स्पष्ट पारे। उनले भने, ‘हामिले दोहोरो नागरिकताको माग गरेका हैनौं। हामीले नेपाली नागरिकताको निरन्तरताको मात्र माग गरेका हौं।’नेपाली नागरिकता नेपालीले नै किन नपाउने भन्दै पश्न समेत गरेका छन्। उनले भने, ‘विदेशमा हामी गएको ३ वर्षभित्र नै नागरिकताको लागि वेल्कम गर्छ। तर, हामी नेपालमै जन्मेका नेपाली, नेपालमै केही गर्नुपर्छ भनेर मरिहत्ते गरी लागिरहेका हुन्छौं। यसरी नेपालमै रोजगारीको सृजना गर्नुपर्छ भन्ने हाम्रो नै नागरिकता किन खोस्नु? हामीले किन नागरिकता नपाउने?’
नेपाली नागरिकताको निरन्तरता भएमा नेपालमा लगानी गर्न अझै सजिलो हुने उनले बताए। एनआरएनको आउँदो पुस्ताले पनि आफूहरु नेपाली रहेकोमा गर्व गर्ने बताउदै उनले एनआरएनले नेपालमा गर्वका साथ लगानी गर्न पाओस भन्नका लागि पनि नेपाली नागरिकताको निरन्तरताको माग गरिएको बताए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




