टोकियो  । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसंग छलफल गरेका छन् ।

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।यसैबीच, एनआरएनए नेताहरुले नेपाल सरकारका सचिवहरुसंग समेत विज्ञ सम्मेलनको तयारीबारे छलफल गरेका छन् । परराष्ट्रय मन्त्रालयका सचिव शंकरदास वैरागीको संयोजनमा सम्पन्न बैठकमा कृषि, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालयका करिब दुई दर्जन सचिव तथा सहसचिवहरुको सहभागिता थियो ।

बैठकमा विदेशमा बसेका नेपालीले सिकेको ज्ञान र सीपलाई देशको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
त्यसअवसरमा एनआरएनए महासचिव डा. हेमराज शर्माले दोस्रो विज्ञ सम्मेलनको तयारीका सम्बन्धमा जानकारी गराएका थिए । पहिलो विज्ञ सम्मेलनबाट प्राप्त सुझावका आधारमा दोस्रो विज्ञ सम्मेलनलाई कसरी अझै व्यवस्थित र उपलब्धिमुलक बनाउन सकिन्छ भन्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो ।बैठकमा सहभागी नेपाल सरकारका अधिकारीहरुले विज्ञ सम्मेलनका उपलव्धिहरुलाई कसरी व्यवहारिक रुपमा लागु गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए । उनीहरुले नेपालमा हाइड्रो, शिक्षा, स्वास्थ्य र बाँझो भुमि लगायतका क्षेत्रमा विज्ञहरुको आवश्यकता रहेको उनीहरुको भनाइ थियो ।

विदेशमा नेपालीहरुले सिकेको ज्ञान र सिपलाई नेपालमा भित्र्याउन एनआरएनए र नेपाल सरकारबीच स्थायी संरचना निर्माण गरिनुपर्ने आवश्यकता बैठकका सहभागीले औंल्याएका थिए एनआरएनएले आगामी अक्टोबरमा दोस्रो विश्व विज्ञ सम्मेलन काठमाडौंमा आयोजना गर्दैछ ।

त्यसअवसरमा मन्त्री ज्ञवालीले संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलन सफल बनाउन नेपाल सरकारले हरतरहले सहयोग तथा सहजिकरण गर्ने आश्वासन दिएका छन् । एनआरएनका तर्फबाट अध्यक्ष पन्तसंगै उपाध्यक्ष डा. बद्री केसी, अर्जुन श्रेष्ठ, मन केसी लगायत छलफलमा सहभागी थिए ।

यसैबीच, गैरआवासीय नेपाली संघको दुई दिने बैठक शनिबारदेखि पोखरामा शुरु हुदैंछ । बैठकमा भाग लिन संघका पदाधिकारी शुक्रवार साँझ नै पोखरा पुगिसकेको संघका केन्द्रीय सदस्य रामशरण सिम्खडाले जानकारी दिए

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार