एजेन्सी । सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ ।
फेसबुकमा सुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन् ।
त्यस्तै फेसबुक लगइनबाट कुनै थर्ड पार्टी एपमा लगइन हुँदा पनि प्रयोगकर्तालाई सूचना प्राप्त हुनेछ । जसबाट प्रयोगकर्ताले आफ्ना फेसबुक अकाउन्टका डाटाहरु थर्ड पार्टी एपसँग सेयर भइरहेको छ भन्ने थाहा पाउन सक्दछन् ।
यसले फेसबुक प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने तथा डाटा चोरी हुने खतरामा कमी आउने दाबी गरिएको छ । प्रयोगकर्ताहरुलाई आफ्ना सूचनामाथि थप पकड कायम गर्नका लागि नयाँ फिचरले सहयोग पुर्याउने दाबी फेसबुकको छ ।
फेसबुकको डेभलपर ब्लग पोष्टमा भनिएको छ, ‘लगइन नोटिफिकेसन्स फिचरले प्रयोगकर्तालाई आफ्ना डाटा तथा थर्ड पार्टी एपमा सेयर गरिने जानकारीमाथि आफ्नो नियन्त्रण कायम गर्नका लागि स्मरण गराउनेछ । प्रयोगकर्ताले सजिलैसँग सेटिंग्समा गएर यसलाई कन्ट्रोल गर्न सक्नेछन् र आफ्ना डाटामाथि अर्को पक्षको पहुँच अनुमतिमा परिवर्तन गर्न सक्नेछन् ।’
यस वर्ष अरू पनि युजर कन्ट्रोल फिचरहरु थप गरिने फेसबुकले जनाएको छ । हालै फेसबुकले आफ्नो प्राइभेसी चेकअप टूल अपडेट गर्दै त्यसमा चार नयाँ फिचर्स थप गरेको थियो ।
लगइन नोटिफिकेसन्स फिचरअन्तर्गत प्रयोगकर्तालाई उनीहरूको इमेल तथा फेसबुक एप मार्फत नोटिफिकेसन पठाइनेछ । उक्त नोटिफिकेसनमा थर्ड पार्टी एपमा के कुरा सेयर गरिँदैछ भन्ने कुरा उल्लेख हुन्छ । नोटिफिकेसन प्राप्त भएसँगै त्यसलाई क्लिक गरी फेसबुकको इडिट सेटिङमा आफ्नो जानकारीमा एपको पहुँचलाई हटाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




