चीनका अधिकारीहरूले मानिसहरूलाई वुहान शहरतर्फ र त्यहाँबाट बाहिर यात्रा नगर्न आह्वान गरेका छन्।
वुहान पछिल्लो भाइरसको सङ्क्रमणको केन्द्रमा रहेको चिनियाँ शहर हो। सो भाइरसका कारण हालसम्म नौ जनाको ज्यान गएको बताइएको छ।
झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भिडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न भनिएको छ।
उक्त कोरोनाभाइरस वुहानबाट अन्य चिनियाँ प्रान्तहरू एवम् संयुक्त राज्य अमेरिका, थाइल्याण्ड र कोरियामा समेत फैलिएको छ।
नयाँ खाले भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ४४० पुगेको पुष्टि भएको छ।
- चीनमा देखिएको नयाँ भाइरसबारे ढाकछोप नगर्न चेतावनी
- चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
अधिकारीहरूले चीन उक्त भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणको “सबैभन्दा संवेदनशील चरणमा” रहेको स्वीकार गरेका छन्।
यसै हप्ता चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेको थियो।
वैज्ञानिक भाषामा २०१९-एन सीओभी भनिएको उक्त भाइरस कोरोनाभाइरस वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन।
सन् २००० को दशकको आरम्भतिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो।
नयाँ भाइरस सङ्क्रमणको सङ्केतहरूमा श्वासप्रश्वाससम्बन्धी लक्षण, ज्वरो, खोकी, श्वास नपुग्ने र श्वास फेर्न कठिनाइ हुने लगायतका पर्दछन्।
तस्वीर कपीराइटREUTERSभाइरस कति छिटो फैलँदै छ?
यो बारेमा यसै हो भनेर भन्न सकिने अवस्था छैन तर चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन चीनभित्र करोडौँ मानिसहरू एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा अवस्था चर्कन सक्छ।
हजारौँ चिनियाँहरू विदेश यात्रामा पनि छन्।
चिनियाँ अधिकारीहरूले रोगको सङ्क्रमण फैलन नदिन कडा उपायहरू अपनाइएको बताएका छन्।
त्यस्ता उपायमा वुहानबाट बाहिरिने सबैको ज्वरो मापन गर्ने र सार्वजनिक परिवहनका ठूला केन्द्रहरूमा निर्मलीकरण र उचित हावा प्रवाहको व्यवस्था गर्ने छन्।
वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ। र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले बजारहरूमा छड्के कारबाही गरिरहेको छ।
वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त शहरको भ्रमण नगर्न मानिसहरूलाई आह्वान गरेका छन्।
कहाँ कहाँ भाइरसको सङ्क्रमण छ?
यो नयाँ भाइरस चीनबाहेक अन्य केही स्थानमा पनि देखिएको छ।
थाइल्याण्डमा तीनवटा घटना फेला परेको छ भने दक्षिण कोरिया, जापान, ताइवान र अमेरिकामा एक-एक घटना देखिएको छ।
अस्ट्रेलिया, सिङ्गापुर, हङ्कङ, ताइवान, अमेरिका, रुस र जापानमा अधिकारीहरूले वुहानबाट आउने यात्रुहरूको परीक्षणमा कडाइ अपनाएका छन्।
लण्डनस्थित हिथ्रो विमानस्थलमा पनि वुहानबाट आउने यात्रुहरूको परीक्षण आरम्भ गरिएको छ।
तस्वीर कपीराइटGETTY IMAGESके तथ्याङ्कहरू सहि छन्?
विज्ञहरू भन्छन् उक्त भाइरस सङ्क्रमण भएको तर फेला नपारिएका घटनाहरू धेरै हुन सक्छन्।
इम्पिरिअल कलेज लण्डनको सङ्क्रामक रोग विश्लेषण एकाइको अनुमानमा संसारभरि १,७०० जना उक्त भाइरसबाट सङ्क्रमित भइसकेका छन्।
तर चीनको रोग नियन्त्रण केन्द्रका अधिकारी भन्छन् सो ब्रिटिश अनुसन्धान संस्थाको त्यस्तो अनुमान “वास्तविकतामा जे देखिएको छ त्योसँग मेल नखाने प्रकारको” हो।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले स्वाइन फ्लु र इबोला सङ्क्रमणका बेलामा जस्तै उक्त नयाँ भाइरस सङ्क्रमणको सम्बन्धमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य सङ्कटकालको घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा बुधवार छलफल गर्दैछ।
यदि त्यस्तो घोषणा गरिएमा त्यसलाई भाइरस सङ्क्रमणविरुद्ध सुसंयोजित अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि भएको आह्वानका रूपमा लिइने छ। बिबिसी नेपालीबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




