
योकोहामा, जापान । जापान विश्वमै सबैभन्दा उत्कृष्ट हुलाक सेवा प्रदान गर्ने मुलुक हो । यहाँ सरकारी कार्यलय देखि निजी क्षेत्र सबैले हुलाक सेवालाई मूख्य सेवाकोरुपमा प्रयोग गर्ने गर्दछन् । तर यहि ठाउँमा, हुलाकीले चिठ्ठी पुर्याउनुपर्ने ठाउँमा नपुर्याए के होला ? पक्कै धेरै ठूलो समस्या सिर्जना गर्न सक्दछ । दुर्भाग्यवश, एक ६१ वर्षिय हुलाकीले २४ हजार चिठ्ठी/पत्रहरु तोकिएको ठाउँमा पुर्याउनुको सट्टा आफ्नै घरमा राखेको भेटिएको छ ।
यो घटना टोकियोबाट नजिकै रहेको खानागावा केनको सागामिहाराको हो । योकोहामाको जापान पोस्टको एक शाखामा कार्यरत त्यि कर्मचारीले सन २०१७ फेब्रुअरी देखि अघिल्लो वर्षको अन्त्यसम्ममा १ हजार २ वटा चिठ्ठी पत्रहरु आफ्नै घरमा राखेको र बाँकी अन्यत्र कतै फ्याकेको जनाईएको छ ।
नाम नखुलाईएको त्यि कर्मचारीले त्यसरी चिठ्ठी पत्रहरु लुकाउनुको कारणमा आफुलाई, घर–घर गई चिठ्ठी/पत्र पुर्याउने कामले दिक्दार बनाएकोले पुर्याउनुको सट्टा लुकाएको बताएका छन् । हाल उनी माथी मुद्दा चलाईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




