काठमाडौं । चर्चित गायिका आस्था राउतलाई पक्राउ परे लगत्तै उनीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ । गायिका राउतलाई प्रहरीले ‘अभद्र व्यवहार कसुर’ मा अन्तरगत मुद्दा चलाउने तयारी गरेको हो ।

गायिका राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउत सोमबार बिहान प्रहरी कार्यालय, टेकु पुगेकी थिइन् । प्रहरीले त्यहीबेला उनलाई पक्राउ गरेको हो ।  गायिका राउतलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

राउतले गत साता विदेशबाट फर्कँदा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । विमानस्थलमा प्रहरी जवान रमिशा श्रेष्ठले उनलाई चेकजाँच गरेकी थिइन । राउतले घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन् ।

गायिका राउतलाई  वर्ष वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने सम्भावना छ । अभद्र व्यवहार कसुर’मा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।  डिएसपी बोगटीले राउतलाई कैद र जरिवाना दुबै हुन सक्ने बताउनु भयाे ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार