टोकियो । तामाङ समाज जापानको आयोजनामा २८५६ औं जिवा साेनाम ल्होसार साँझलाइ धमकेदार बनाउन १ दर्जन भन्दा बढी स्थानीय  तथा राष्ट्रिय कलाकारहरु टोकियो आउने भएका छन् ।

ल्हाेछार कार्यक्रमकाे उदघाटन्  नेपालदेखि पाल्नु हुने अतिथि लामा नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको केन्द्रीय गुम्बा दाउन्नेका अध्यक्ष तथा प्रमुख लामा खेन्पो पेमासम्बा लामाबाट हुने भएकाे छ ।

कार्यक्रमलाइ संगीतमय बनाउनका लागि स्थानिय तथा चर्चित कलाकारहरू कर्म दोङ ,राजिब घोले,टासि लामा, मन्जु लामा ,आर.के.स्याङ्तान,पूर्ण लामा,विश्व लामा,लोप्साङ लामा , सागर लामा साथै नेपाल तमाङ समाज क्षेत्रिय समिती नागोयाबाट आऊने गायक छबि तमाङ र मेन्दो माया गायक महेन्द्र गूरुङको समेत प्रस्तुति रहनेछभने तामांगसेलो नृत्यमा कलाकारहरू ,सम्झना तामाङ, सूरज तामाङ प्रेरिका बल, सम्झना लामाकाे प्रस्तुति रहने बताइएकाे छ ।

साथै कार्यक्रमा द भ्वाईस अफ नेपाल सिजन २ का नकआउट राउन्ड पुग्न सफल भ्वाईसका रकस्टार कुमार गुरुङ(काले), काे प्रस्तुती रहने छ ।स्थापना कालदेखि नै नेपाल तामाङ समाज जापानले तामाङहरुकाे मौलिक संस्कृति परम्परालाइ जिवन्त राख्न हरेक वर्ष ल्होछार र डम्फु साँझ जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रम सहित मनाउदै आइरहेको छ । यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जिवन्त राख्न आफ्नो ल्होसार साँझको तयारी गरिरहेको समाजका अध्यक्ष रुबिना तामाङले जानकारी दिनुभयो ।

विदेशी भुमिमा रहेर पनि आफ्नो मौलिक कला संस्कृतिकाे संरक्षण सम्बर्द्दन र आदिबासी जनजातिको हक़ अधिकारको आवाज बुलन्दगर्दै आइरहेको नेपाल तामाङ समाज जापानले अध्ययन तथा रोजगारिको सिलसिलामा जापानलाइ आफ्नो कर्म थलो बनाइ बसेका तामाङहरु बिच एकता, समिप्यता र भाइचाराको संबन्ध कायम गर्दै आइरहेको छ। विदेशमा रहेका नेपालीहरुको साझा समस्याप्रति प्रतिबद्ध रहनुका साथै भैपरी आउने समस्यप्रती सधै साथ दिदै आइरहेको छ ।

आयोजक संस्थाले जापानवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी वहिनिहरुमा हार्दिक निमन्त्रणा गरेकोछ ।

कार्यक्रम फेब्रुवरी २ तारीख़ आइतबारका दिन टाेक्याे स्थित नेरिमा बुंखा सेन्टरकाे हलमा बेलुकी ६ बजेबाट सुरु हु्ने बताइएकाे छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार