काठमाडौं । आफ्नै साथीकी श्रीमतीलाई ४ जनाले बलात्कार गरेका छन् । भारत उत्तर प्रदेशको बरेली शहरमा चार जनाको बिरूद्ध साथीको श्रीमतीलाई बलात्कार गरेको आरोपमा मुद्दा चलाइएको छ । बलात्कारको दुई दिन पछि आइतवार महिलाले उनीहरु विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जानकारी दिएको छ ।

उनको उजुरीमा उक्त महिलाले भनिन् , ‘उनका चार छिमेकी जो उनी एक्लै हुँदा उनको घरमा आए । उनीहरुले बन्दुक देखाएर पालैपालो बलात्कार गरे ।’ उनले अगाडी पनि भनेकी छिन्, ‘त्यसपछि उनीहरूले उनको घाँटी रेट्ने कोशिस गरे तर उनी त्यहाँबाट भाग्न सफल भइन् । अलार्म बजाएपछि चारजनाले छोडे’ । जानुभन्दा अघि उनीहरूले प्रहरीलाई नभन्नु भन्दै उनलाई धम्की दिए ।’

आइतवार महिलाले वरिष्ठ पुलिस अधिकारी आरके भारतीयलाई भेटेर आधिकारिक गुनासो गरिन् । भारतीले सिरौली प्रहरी चौकीका एसएचओ संजय गर्गलाई घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न भनेका छन् । उक्त महिलाको पति हाल लागु औषध मुद्धामा मुरादाबाद जिल्ला कारागारमा छन् । ति महिलाले उनको पति विरूद्ध षडयन्त्र रचेर उनलाई ड्रग्स तस्करको मुद्दामा फसाएको आरोप लगाएकी छिन् ।

भारतीले भने, ‘हामीले चार अभियुक्तको वि’रुद्ध धारा ३७६ डी ९सा’मूहिक बला’त्कार०,४५२ ९घाइते बनाउने घरका अ’त्याचार० र आईपीसीको ३०७ ९ह’त्याको प्रया’स० अन्तर्गत एफआईआर हालेका छौं । हामीले महिलालाई मेडिकल जाँचका लागि पठाएका छौं । र रिपोर्टको प्रतिक्षामा छ । सबै आरोपीलाई उनको पतिको बारेमा थाहा थियो । हामीले उनलाई गिर’फ्तार गर्न टोलीहरू गठन गरेका छौं ।’ ल्भधक

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । कगदकअचष्दभ मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल ९घण्टि० मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार