
देन्स्या दैनिकी(कबिता)
एकाबिहानै,
बाहिर चिसो, चिसिएको सिरेटो,
भित्र तातो बाफिएको बाफ ।
गाउँमा आमैले सिन्की खाँदेर खाल्डोमा हालेजस्तै
यहाँ मान्छेले मेसिनै खाँदेर खाल्डोमा हालेका छन्
अनि,
खाल्डो भित्रकै मेसिनको खाल्डोमा
एकिइनले मान्छे खाँद्दै,
मान्छेले मन खाँद्दै,
माछे भन्दा मन अमिल्याएका छन् ।
उता आमैले खाँदेको सिन्की हप्ता दिनमा अमिलिन्थ्यो,
यता एकिइनले खाँद्ने सिन्की
दशकौँ बित्दा पनि उस्तै छ
तर,
मन भने मिनेट नहुँदै अमिलिई रहेछ ।
मन नै हराएका मेसिन जस्ता मान्छे,
अचल मेसिन जस्तै मौन छन् ।
ढ्याक ढ्याक ढ्याक ढ्याक,
ढुक ढुक ढुक ढुक ।
स्वाइया… सरर… स्वाईया… सरर…,
ख्याट ख्याट खुट् खुट्
ख्याट ख्याट खुट् खुट्
ढ्याङ ढ्याङ ढुङ ढुङ्ग
ढ्याङ ढ्याङ ढुङ ढुङ्ग
चुइयाँ चरर…को संगीतमा,
गीत भरिन्छ,
‘देन्स्या गा तोमारिमास, गोच्युई कुदासाई ।
देन्स्या तो होमु नो आइदा नि, आना गा आईतेओरीमास,
आसी मोतो नि गोच्युई कुदसाई ।’
रेल अर्को स्टेसनमा टक्क रोकिन्छ ।
कता हो कता कुनाबाट ‘सुमिमासेन् ओरीमास’को
आवाज आउँछ,
मान्छे थोरै कोखे परिदिन्छन् ।
बल्ल बल्ल बलै गरेर खुलेका ढोकामा,
तीन झर्ने तेत्तीस थपिने क्रम जारी छ ।
पुनः
एकिइनले एनाउन्स ओकल्छ
‘खाकेकोमी देन्स्या ओयामे कुदासाई ।’
तब फेरि टाई सुटले बेरिएका
विवशताले घेरिएका मान्छे,
हातमा झोला झुन्डाउँदै,
भूकम्पको बडे धक्काले ज्यान बचाउन दौडे जस्तै
पिठ्युँ फर्काएर दम्पेटा मार्दै,
भित्रिन्छन् ।
पुस्तकलाई राखेर साथ
हल्लाउन मिलेमा हात,
मौन व्रत बसे झैँ गरी
पल्टाउँन थाल्छन् पाता ।
कतै पत्रिका पल्टाउँदै,
कतै आइफोनमा डल्ला पड्काउँदै,
सबै मौन छन्, मग्न छन् ।
आवाज छ त केवल,
उही मेसिन र श्वासप्रश्वासको ।
अटेसमटेस चेप्टिएका सिन्की रूपी मान्छे
बारुदमा रूपान्तरित भई पड्किएलान् जस्तो,
लाग्छ, यी मान्छेलाई भन्दा ढोकालाई सकस छ ।
खाल्डोबाट निस्कने,
सिन्कीरूपी गन्धमा,
मुला होइन, साके-ताबाकोले फन्को मार्छ ।
अनि झल्यास्स हुँदै,
महिनौँ पछि
अकलझुकल घरमा केटाटी लाई भेट्दा
‘ओतोसान खुसाई’ भन्ने जापानी जनबोलीको
बालमनोविज्ञानले दिमागमा फन्को मार्छ ।
बेलुकी पख,
उनै मान्छे उसै गरी फर्कदा,
यथार्थ उस्तै छ ।
परिस्थितिमा केही फरक शैली थपिन्छन् ।
थकाइ थपिन्छ,
कतै ओनिगिरी र ओच्या थपिन्छन्,
त कतै, च्युहाई थपिन्छ,
अनि,
ठाडो मान्छे तेर्सो पर्दै,
कतै कतै छरपस्टै,
उल्टी पोखिन्छ ।
हाँस्नकै निम्ति,
विस्की ! बोल्दै बिहानै बाहिरिएको मान्छे,
बाँच्नकै निम्ति,
विरक्तिएर बेलुका,
त्यही विस्कीले ,
हल्लिदै र थल्लिदै भित्रिन्छ ।
(जापानी भाषा र जापानी परिवेशलाई बुझ्नुहुने पाठकले त अवश्य बुझ्नुभयो होला । तर यहाँ प्रयुक्त शब्दहरु जापानी भाषा रहेकाले थप बुझ्न यो पनि हेर्नुहोला ।
शब्दार्थ/वाक्यार्थ
देन्स्या
→ विद्युतीय रेल ।
एकिइन
→रेल कर्मचारी ।
देन्स्या गा तोमारिमास गोच्युई कुदासाई
→रेल रोकिदै छ, सचेत रहनुहोला ।
देन्स्या तो होमु नो आइदा नि आना गा आईतेइमास,आसी मोतो नि गोच्युई कुदसाई
→रेल र उभिने ठाउँका बीचमा प्वाल रहेको छ, खुट्टा अड्कन सक्छ,ख्याल गर्नुहोला ।
सुमिमासेन् ओरीमास
→ओर्लिदा पर्न गएको असुविधा प्रति क्षमा चाहन्छु ।
साके
→जापानिज रक्सी
ताबाको
→चुरोट
खाकेकोमी देन्स्या ओयामे कुदासाई
→दौडेर रेलमा नचढ्न गरिएको आग्रह
ओतोसान खुसाई
→बाबा गन्हाउनु हुन्छ
च्युहाई
→जापानको सस्तो रक्सी
ओनिगिरी
→सामुद्रिक लेउले बेरेका भातका डल्ला
ओच्या
→ग्रीन टि
(कपिलवस्तुका राजेन्द्र पौडेल झण्डै एक दशक यता जापानमा रहँदै आउनुभएको छ । जापानी कम्पनीमा कार्यरत पौडेलले प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आउनुभएको छ । हाल वहाँ जापानको राजधानी टोकियोमा रहँदै आउनुभएको छ ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




