अमेरिका । नक्कली फेसबुक काण्डको पर्दाफ़ाश पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाले उनिहरुलाई कारबाही गरेको हो ।
भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो उजुरीको प्रारम्भिक छानबिनका क्रममा दुवै जनाले नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको पाइएको छ । यसबारेमा ४५ दिनभित्र विस्तृत छानबिन गर्न वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।छानबिन समितिमा २ जना पछि थप गर्ने गरी कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार सञ्जय थापा राख्ने निर्णय भएको महासचिव पशुपति पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

अमेरिकामा आईटी विज्ञका रूपमा कार्यरत प्रसन्न संग्रौलाले भट्टराई र मल्लले छद्म नामबाट चलाएको ‘सीधा कुरा’ नामको फेसबुक पेज ह्याक गरेर सबै डाटा तथा प्रमाण पेस गरेपछि अमेरिकामा बस्ने नेपालीहरूबीच खैलाबैला मच्चिएको छ । सो पेजबाट विभिन्न व्यक्तिलाई गु्रप मेसेजमा जोडेर चरित्रहत्या तथा धम्की दिइएको पाइएको छ ।
उनीहरूले आफ्ना विरोधी गैरआवासीय नेपालीहरूको चरित्रहत्या गर्न सो फेसबुक पेज दुरुपयोग गरेको पाइएको एनआरएन अमेरिकाले जनाएको छ । एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष केशव पौडेलनिकट ओम र शिवले एनआरएन महाधिवेशनका बेला हालका अध्यक्ष कुमार पन्तविरुद्ध सो पेजबाट निरन्तर विभिन्न आरोप लगाएका थिए ।
संग्रौलाले गत बुधवार फेसबुक लाइभमा आएर आफूले सीधा कुरा नामको नक्कली फेसबुक प्रोफाइल पेज ह्याक गरेको स्वीकार गर्दै उक्त पेज शिव मल्ल र ओम भट्टराईले चलाएको डिजिटल फुटप्रिन्ट समेत पत्ता लगाउन सफल भएको खुलासा गरेका थिए । ४९ मिनेट लामो लाइभ भिडियोमा उनले कसरी ह्याक गरियो र सो पेजबाट के–कस्ता सामग्री प्रवाह भए भन्नेसमेत देखाएका छन् ।
हेर्नुहोस यो भिडियो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




