
टोकियो । एनआरएनए जापानले, एनआरएनए आईसीसी (गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्य परिषद) को अधिवेशनमा प्रतिनिधि जानको लागि प्रतिनिधि शुल्क बुझाए पनि तोकिएको मापदण्ड नपुगेका कारण प्रतिनिधि बन्न नपाएका सदस्यहरुलाई शुल्क फिर्ता प्रकृया अगाडी बढाएको छ ।
एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा जारी विज्ञप्तीका अनुसार, फिर्ता प्रकृयाकोलागि, जम्मा भएको शुल्कको रसिद वा पासबुक अपडेट गरि फ़ोटो कपि एनआरएनए जापानको आधिकारिक इमेल japan @ nrna . org अथवा कार्यसमिती पदाधिकारी तथा सदस्यहरुलाई म्यासेन्जर , भाईवर वा अन्य माध्यमबाट ईनबक्समा फेब्रुअरी २ तारिखसम्म जानकारी गराउनुपर्नेछ ।
उक्त शुल्क फिर्ता गर्नका लागि कोषाध्यक्ष कालिका थापाको संयोजकत्वमा- सिद्धार्थ श्रेष्ठ,अनिता गुरूङ,नबिन निउरे र सचिन श्रेष्ठको पाँच सदस्यीय कार्यदल बनाईएको छ ।
साथै, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीका अनुसार, रकम फिर्ता प्रकृयासंग सम्बन्धित अन्य थप जानकारी आवश्यक भएमा सम्बन्धित व्यक्तिहरुले शुल्क फिर्ता कार्यदलमा रहेका पदाधिकारीहरुसंग सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




