{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_sticker","add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"total_editor_time":392,"brushes_used":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1580291626499","total_effects_time":0,"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1580291626558","sources":["305669822042211","310464011107201"],"layers_used":0,"width":3465,"height":1820,"subsource":"done_button"}

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले ,जापान स्थित विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरि उच्च स्तरीय समितिको गठन गरेको छ ।

एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीका अनुसार गत नोभेम्बरमा, परिषदको दोश्रो नियमित बैठकले  उच्चस्तरीय समितिको गठन गर्ने निर्णय गरेको थियो । बिभिन्न  विषयका विषय विज्ञहरु रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषदभन्दा माथी रहने प्रबधान रहेको छ ।

समितिको प्रमुख काम र कर्तब्यहरुमा नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह र सुझाव दिनको निम्ति अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेकोको विज्ञ समितिलाइ सहयोग गर्ने, एनसीसी जापानलाई बिभिन्न नीति निर्माण, शिप, ज्ञान सम्बन्धि आवस्यक सुझाव र सहयोग गर्ने रहेको छ । जापान स्थित बिभिन्न प्रान्तमा कार्यरत विज्ञहरु लाई एक ठाउँमा जोडेर स्थापना गरिएको यो समितीले केही सदस्य थप गरि छिट्टै  आगामी कार्य योजना बनाउनेछ । समितीको पहिलो बैठकमा विज्ञहरुले महिला विज्ञ र टोकियो बाहिरबाट पनि विज्ञहरु र बिभिन्न फरक फरक विधाका विज्ञ सहभागिता गराउनु पर्ने कुरामा ध्यान आकर्षण गराएका थिए ।यस उच्चस्तरीय समिति र कार्यसमितिको समन्वय र आवश्यक सहयोगका लागि  समितिको समन्वयकर्ताको जिम्मेवारी एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीलाई दिईएको छ ।

उक्त कार्यक्रममा,परिषदका  अध्यक्ष देविलाल भण्डारीको अध्यक्षता रहेको थियो भने, बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा र सदस्य श्याम खड्काको उपस्थिति रहेको थियो । कार्यक्रम व्यवस्थापनको सम्पूर्ण आर्थिक जिम्मेवारी परिषदलाई   भार नपर्ने गरि, सदस्य श्याम खड्काले ब्यहोर्नु भएको थियो  ।

नवगठित उच्च स्तरीय समितिमा निम्न अनुसार विज्ञ रहनु भएको छ ।

हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गरि जापान तथा नेपालका विविध जानकारी लिन क्लिक गर्नुहोला

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार