टोकियो । बिहिबार  बिहान, टोकियोको ओता वार्डको नाखारोकुगोस्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा २जना भारतिय नागरिक जस्तो देखिने दुई व्यक्ति मृत फेला परेका छन् ।

अन्दाजी ४० वर्ष उमेरका त्यि दुई, रेस्टुरेन्ट भित्र मृत भेटिएका हुन् । पसल नजिकैको स्थानिय एक महिलाले पसल भित्र मानिस ढलिरहेको आशंका सहित प्रहरीलाई खबर गरेपछि, प्रहरी घटना स्थालमा पुगेको थियो । प्रहरी घटना स्थलमा पुग्दा दुबै जना मृतअवस्थामा रहेका थिए ।

प्रहरीका अनुसार, कोठामा कार्बनमोनो अक्साईडको मात्र अधिक रहेको थियो । यसका साथै नान बनाउने चुल्हो( तन्दुर) मा पनिआगो बलिरहेको थियो । यि सबै दृश्यहरुको प्रारम्भिक अनुसन्धान अनुसार, उनिहरु निस्सासिएर मरेको हुनसक्ने आशंक्का गरिएकोछ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोत: माईनिची दैनिकको अनलाई सँस्करण

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार