एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । मात्र एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि डब्लुएचओले यो घोषणा गरेको हो ।
यस भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय १३ पुगेको छ भने शुक्रबार बिहानसम्ममा चिनियाँ स्वास्थ्य आयोगले यस रोगबाट संक्रमित हुनेको सङ्ख्या ९ हजार ६ सय ९२ पुगिसकेको बताएको छ । थप १ लाख २ हजार मानिसहरुमा यस रोगको परीक्षण भइरहेको छ ।
संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले अन्तर्राष्ट्रिय अपातकाललाई ‘असाधारण घटना’ भनेर परिभाषित गरेको छ जसमा अन्य देशलाई पनि जोखिम रहेको र सङ्गठित अन्तर्राष्ट्रिय प्रतिक्रयाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
‘चीनमा जे भइरहेको छ त्यही कारणले मात्र यो घोषणा गरिएको होइन,’ डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेइससले भने, ‘अन्य देशमा के भइरहेको त्यसको लागि हो ।’ उनले कमजोर स्वास्थ्य प्रणाली भएको देशमा यो भाइरस फैलन सक्नेमा चिन्ता व्यक्त गरे ।
डब्लुएचओले अन्य १८ देशमा ९८ जनामा यो भाइरसको संक्रमण देखापरेको बताएको छ । यसमा धेरै जसो संक्रमित चिनियाँ सहर वुहानबाट यात्रा गरेको पाइएको छ ।
जर्मनी, जापान, भियतनाम र अमेरिकाका ८ जना बिरामीमा भने मानिसबाट मानिसमा सरेको पाइएको छ । डब्लुएचओका प्रमुखले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि चिनियाँ सरकारले अपनाएको उपायहरुको पनि प्रशंसा गरे ।
डब्लुएचओले यसअघि पाँच पटक यस्तो आपतकालको घोषणा गरेको थियो । सन् २००९ मा स्वाइन फ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका र सन् २०१४ र १९ मा इबोला भाइरसको महामारी फैलिँदा यस्तो घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




