टोकियो । बाग्लुङ समाज जापानको तेश्रो अधिवेशन तथा चैते दशैँ मेला मे ३ तारिख हुने भएको छ ।
आईतबार टोकियोमा सरोकारवालाहरुको अन्तर्कृयाले सो निर्णय गरेको हो । यस अघि अप्रिल ३ देखी ५ तारिख सम्म गर्ने भनिएता पनि बिबिध कारणले गर्दा मे ३ तारिखको लागि टोकियोको मेगुरो कुमिन सेन्टरमा कार्यक्रम गर्ने निर्णय गरिएको समाजका सचिव राजु केसिले जानकारी दिनुभयो ।

त्यस्तै अर्का सचिव, बिरोध चालिसेका अनुसार,जापानमा संगठित बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधि ,समाजका संरक्षकहरु ,सल्लाहकारहरु ,कलाकार र अग्रज ब्यक्तित्वहरुसँग छलफल गरिएको थियो । सहभागीहरुले बाग्लुङ जिल्लाको पहिचान बोकेको चैते दशै पर्वलाई प्रवाशमा रहेर पनी चैते दशै भन्दा केही दिन पछी भएपनी बिबिध कार्यक्रम गरी मेलाको रुपमा मनाउन लागिएको प्रति ऐक्यबद्धता जनाउदै उपस्थित सबैले भब्य र सभ्य बनाउनुपर्ने जोड दिएका थिए ।
समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिती ,कोषाध्यक्ष यमकान्त कंडेलको संयोजकत्वमा आर्थिक समिती गठन गरिएको छ । त्यस्तै गरी जापानमै पहिलो पटक हुन लागिरहेको दोहोरीगीत प्रतियोगिताका लागि लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखालाई प्रतियोगीता सम्पन्न गर्नका लागि जिम्मेवारी दिंदै शाखा अध्यक्ष सुर्य खड्कालाई साँकृतिक संयोजक तोकेको छ । सोही अवसरमा हुने समाजको तेश्रो अधिबेशनको लागि बेलुकाजी थापा संयोजक ,दीपक सुबेदी र डिपी कंडेल सदस्य रहेको निर्वाचन समिती पनी चयन गरिएको छ ।

कार्यक्रममा संरक्षकहरु महेश कुमार श्रेष्ठ, दीपक सुबेदी ,बेलुकाजी थापा ,डिपी कंडेल, सल्लाहकारहरु , बाग्लुङ जिल्ला अन्तर्गतका संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिती रहेको थियो ।
नेपालबाट आमन्त्रित तथा जापानमै रहेका चर्चित तथा ख्याती प्राप्त कलाकारको प्रस्तुतीको साथमा नयाँ कार्यसमिती चयन गर्दै भब्य रुपमा गर्नलागिएको कार्यक्रममा जापानवाशी नेपालीको साथ मिल्नेमा विश्वस्थ रहेको अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुयो ।
अन्तर्क्रियाको सहजिकरण सचिव राजु केसीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




