काठमाडौं । सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।
सो प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत कुनै पनि सीपबिना नै जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको सङ्ख्या ०.०६ प्रतिशत अर्थात् ६१ जना मात्र रहेका छन् ।
यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या ०.०५ प्रतिशत अर्थात् ७८७ रहेको पाइएको छ । विगत तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात् २९४ हुँदा सोही पेसामा जाने पुरुषको सङ्ख्या ०.११ प्रतिशत अर्थात् एक हजार ७४५ रहेको छ ।
महिलाको प्रमुख श्रम गन्तव्य कुवेत
नेपाली महिलाका लागि प्रमुख श्रम गन्तव्य मुलुक कुवेत रहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कुवेत गएका छन् । यस्तै वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिका मुख्य गन्तव्यमा क्रमशः कतार, साउदी अरेबिया, यूएई, मलेसिया रहेका छन् तर महिलाको हकमा भने प्रमुख गन्तव्य कुवेत रहेको छ ।
महिलाका लागि कुवेतपछि क्रमशः प्रमुख गन्तव्य मुलुक जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, टर्की, इजरायल, इजिप्ट, लेबनान, स्विडेन रहेका छन् । स्विडेनमा व्यक्तिगत तवरले श्रम स्वीकृतिमा जाने महिला मात्र रहेका छन् भने कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा कुल व्यक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको देखिन्छ ।
प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल एक लाख १५ हजार ३९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८२० महिला रहेका छन् । पुनः श्रम स्वीकृति लिनेमा महिलाको सङ्ख्या कुल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको सङ्ख्या ६४ हजार ५०७ रहेको छ ।
कुवेतमा हालसम्म संस्थागत श्रम स्वीकृतिमा पाँच हजार १५१ महिला गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या २० हजार २८७ रहेको छ । नेपाली महिलाको सुरक्षाका हिसाबले चुनौती देखिएका देशमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या धेरै देखिएको छ । जुन देश गए पनि महिला घरेलु श्रमिक वा केयरगिभरका रूपमा गएको देखिन्छ ।
वैदेशिक रोजगारीमा गएका महिलाको जिल्लागत विवरणको तथ्यांक विश्लेषण गर्दा पाँचवटा जिल्ला झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक क्रमशः श्रम स्वीकृति लिनेमा अगाडि रहेका छन् । यीमध्ये ५० प्रतिशत महिला झापाका रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने महिलाको कुल सङ्ख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेका मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाबाहेक बाग्मती प्रदेशका जिल्लाको नै बाहुल्यता रहेको पाइएको छ । संस्थागत तवरले श्रम स्वीकृति लिने कुल एक लाख ३२ हजार ९९५ महिलामध्ये ९२ दशमलव ३ प्रतिशत त केवल १० वटा जिल्लाले नै ओगट्छ । जसमध्ये काठमाडौँ र मकवानपुर जिल्लाबाट १५–१५ प्रतिशत, झापाबाट १७.३४, सिन्धुपाल्चोकबाट १३.९४ प्रतिशत रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




